नेकपा एसको सिंगो कमिटी नै एमालेमा बिलय



हाम्रो इकोनोमि

 

 

परिर्वन गाउँ पालिका रोल्पामा नेकपा एकीकृत समाजवादीका सिंगो कमिटी नेकपा एमालेमा समाहित भएको छ । चुनावी अभियानको क्रममा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका सम्पुर्ण पदाधिकारीसहित सिंगो कमिटी नै एमालेमा समाहित भएको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटीका अध्यक्ष तिल बहादुर पुन, सचिव कर्ण बुढा (नेस्नल), गाउँ कमिटी सह–ईन्चार्ज पृथ्वी पुन, जिल्ला सदस्यहरु घन कुमारी घर्ती, सविना विक, गंगा प्रसाद रोका, अरुणा थापा लगातएतका १७ जना भन्दा बढी पदाधिकारी सहित सिंगो एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटी नेकपा एमालेमा समाहित हुनुभयो ।

पुतलाचौरमा सम्पन्न भएको बैठकमा एमाले परिवर्तन गाउँ कमिटीका अध्यक्ष प्रदिप डाँगीको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेद्वार तथा एमाले केन्द्रीय कमिटी सदस्य कुमार दशौदि, विशिष्ट अतिथिमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेद्वार तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पुर्ण वुढा, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा “ख“ का प्रत्यक्ष उम्मेद्वार प्रेमबहादुर घर्ती सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...