बालकृष्ण जिताउने दोलखाली मतदाताको अठोट



हाम्रो इकोनोमि

 

 

दोलखामा चुनावी अभियान सुरू भएलगत्तै मतदाताहरूले स्थापित वामपन्थी नेता तथा पूर्व पोलिटब्यूरो सदस्य स्वर्गीय पशुपति चौंलागाईंका अधुरा योजना र सपना पूरा गर्न एमालेलाई जिताउने अठोट व्यक्त गर्न थालेका छन् । सोमवार भीमेश्वर नगरपालिकाको सेराबेंसी र दारेभञ्ज्याङ क्षेत्रका मतदाताहरूले एमालेका प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटीलाई विजयका लागि शुभकामना दिँदै त्यस्तो अठोट व्यक्त गरेका हुन् ।

कोभिड संक्रमणबाट ०७९ जेठमा चौंलागाईंको निधन भएको थियो । एमाले दोलखाका संस्थापक नेतामध्येका एक नेता चौंलागाईं अघिल्लो पटक प्रदेससभा सदस्यमा प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए ।

‘सालिन र विकासप्रेमी नेता पशुपति चौंलागाईंको अल्पायूमै निधन भयो, उनका योजना र सपना पूरा गर्न एमालेले आगामी मंसिर ४ को निर्वाचनका लागि योग्य र नयाँ अनुहारहरू अगाडि सारेको छ,’ मतदाता समेत रहेका वाम अग्रज चित्रबहादुर भुजेलले सबैका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै भने, ‘उहाँ जस्तै मिलनसार, राजनीतिक र सामाजिक व्यक्तित्व बालकृष्ण शिवाकोटीलाई एमालेले प्रतिनिधिसभाको उम्मेद्वार अगाडि सारेको छ, त्यसकारण उहाँलाई जिताउन हामी सक्रिय हुनेछौं ।’

०७४ को निर्वाचनमा चौंलागाईं जस्ता अग्रज नेताको सम्मानका लागि शिवाकोटीले नै उम्मेद्वार बन्न प्रस्ताव गरेका थिए । शिवाकोटीले दोलखाका हरेक सामाजिक अभियान र विपतमा सहयोग पुर्याउँदै आएको स्मरणसहित अघिल्लो पटक चौंलगाईंलाई फराकिलो सोचसहित उम्मेद्वार बनाएर जिताउन खेलेको भूमिकाको उच्च प्रशंसा पनि गरेका थिए ।

‘अब तपाईं चुनाव जितेर चौंलागाईंको पनि उत्तराधिकारीका रूपमा अगाडि बढ्नुहोस्,’ उम्मेद्वार शिबाकोटीप्रति मतदाहरूको शुभेच्छा थियो ।

भीमेश्वर–८ स्थित सेराबेंसी र ९ स्थित दारेभञ्ज्याङमा आज भएको मतदाता भेटघाटमा प्रतिनिधिसभाका उम्मेदवार शिबाकोटीले घ्याङ–सेरा–मुडे सडकलाई छिट्टै बिस्तार गरेर पक्की सडक निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । एमालेकै पहलमा उक्त सडक खण्ड विस्तार भए पनि कालोपत्र हुन बाँकी छ ।

कार्यक्रममा नेपाल खेलकुद महासंघका प्रवक्ता तथा एमाले दोलखा जिल्ला कमिटी सदस्य तीर्थबहादुर खड्का, प्रेस चौतारी नेपालका वागमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटा, खेलकुद महासंघका केन्द्रीय सदस्य सूर्य कार्की, भीमेश्वर–८ का अध्यक्ष नवीन लामा, वडा नं. ९ का अध्यक्ष हिमाल श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...