प्रधानमन्त्री देउवाले माधव नेपाललाई गराए उठबस



हाम्रो इकोनोमि

 

 

मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले काठमाडौंमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षण कार्यक्रम चलिरहेको छ । कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी छन् । कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा र प्रचण्ड पहिले नै पुगेका थिए । कार्यक्रम चलिरहेको बेलामा पुगे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुगे ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री देउवा हुन् भने, कार्यक्रम चल्दै गर्दा पुगेका अध्यक्ष नेपाललाई विशिष्ट अतिथि बनाइयो । प्रधानमन्त्री देउवा भएको सोफामा बस्न गए । तर, त्यहाँ उनलाई बस्न दिइएन । माधवलाई देउवा छेउमा बस्न लाग्दा सेक्युरिटीले उनलाई प्रचण्ड भएको सोफामा बस्न आग्रह गरे । उनी उतै गए ।

 

प्रचण्ड बसेको सोफामा बस्न पुगेका नेपालाई फेरि देउवाले यतै आउनू भनेर बोलाए । प्रचण्डसँग बस्न पुगिसकेका अध्यक्ष नेपाल देउवाले बोलाएपछि फेरि हाँस्दै देउवा छेउमा गए बसे ।

 

अहिले गठबन्धनको प्रशिक्षण कार्यक्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...