डेंगु नियन्त्रण गर्न देउवा सरकार असफल : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् ।  काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा कोरोना परीक्षण केन्द्र स्थापना गरेको जानकारी दिए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेसँग जनताको चाहना पूरा गर्ने सपना र योजना रहेको तर गठबन्धनसँग कुनै सोच, योजना, दृष्टिकोण भविष्य र गन्तव्य नरहेको बताएका छन् । अबको निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई बनाउने भन्ने लडाईंका रुपमा बुझ्नुपर्ने उनको भनाइ छ । एमालेलाई मतदान गरी विजयी गराउन वरिष्ठ उपाध्यक्ष पोखरेलले आम मतदातालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...