कांग्रेसले धोखा दिएपछि काठमाडौं ३ र १० मा माओवादीको बागी



हाम्रो इकोनोमि

 

 

गठबन्धनको सीट बाँडफाँटविपरित कांग्रेसले धोखा दिएको भन्दै नेकपा माओवादी केन्द्रले काठमाडौंका थप दुई क्षेत्रमा आफ्ना उम्मेदवार कायमै राखेको छ । सीट बाँडफाँटमा माओवादी केन्द्रले काठमाडौंको २,७ र ९ प्रतिनिधि सभा र प्रदेशतसर्फ क्षेत्र नम्बर ३ को ख,६ को ख र १० को क पाएको थियो । तर कांग्रेसले ती तीनवटै सीटमा आफ्ना उम्मेदवार उठाएको छ ।

नेकपा एसले पाएको काठमाडौं ५ को ख मा कांग्रेसले उम्मेदवार उठाएको छ । नेकपा माओवादी केन्द्रले गठबन्धनमा कांग्रेसले धोखा दिएको भन्दै काठमाडौं ३ र १० मा प्रतिनिधि सभाका उम्मेदवार कायम राखेको छ । काठमाडौं ३ मा प्रतिनिध सभामा मजदूर नेता बद्री बजगाई उम्मेदवार छन् भने प्रदेश १ तर्फ कपिलमणी उप्रेती र २ मा महेश्वर फुयाल छन् । सो क्षेत्रमा प्रदेशतर्फ गठबन्धनका आधिकारिक उम्मेदवार फुयाल हुन् । तर कांग्रेसले विमल ठकुरी उठाएपछि माओवादीले तीन वटै उम्मेदवार कायम गरेको छ ।

त्यस्तै काठमाडौं १० मा पनि माओवादी केन्द्रले पाएको प्रदेश सभामा कांग्रेसले उम्मेदवार उठाएपछि प्रतिनिधि सभामा माओवादी उम्मेदवार अन्जना विशंखेको उम्मेदवारी कायमै छ । त्यस्तै प्रदेशमा पनि माओवादी केन्द्रले दुवै ठाउँमा उम्मेदवारी दिएको छ ।

अब यो विषय गठबन्धनका शीर्ष नेताहरुको हातमा रहेकाले आफूहरु चुनावी अभियानमा लागेको फुयालले बताए । काठमाडौंका नेताहरुले प्रचण्ड र महासचिव देव गुरुङलाई भेटेर कांग्रेसबाट धोखा भएकाले माथिबाटै वक्तव्यमार्फत प्रष्ट पार्न आग्रह गरेका छन् । शीर्ष तहबाटै गठबन्धनका आधिकारिक उम्मेदवार को को हुन् भन्ने आएपछिमात्र टुंगो लाग्ने भन्दै अहिलेलाई माओवादीले काठमाडौंका ५ वटा क्षेत्रमा चुनाव प्रचार थालेको छ ।

प्रतिक्रिया दिनुहोस
च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...

बागमती सरकारबाट बाहिरिने एमालेको तयारी

    बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको...