टिकट नपाए पनि भीम रावलले एमाले नछाड्ने



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका नेता डा. भीम रावलले नेकपा एमाले नछोड्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर संघर्ष गर्ने तर पार्टी कहिल्यै नछोड्ने प्रण गरेका हुन् । रावलले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर पार्टीको विधि र सिद्धान्तविपरीत तालमेल गरेकोप्रति असन्तुष्टि पोखेका हुन् । उनले प्रश्न गर्दै भने, ‘तपाई (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ। त्यो पार्टी सिद्धान्त विपरीत भएन  ?

लोसपाका नेताहरूलाई बिहान पार्टीमा भित्र्याएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका कुकर्म गरेकाहरूलाई पार्टीको उम्मेदवार बनाउने कुन सिद्धान्त विधि र अनुशासनभित्र पर्छ ? भन्दै प्रश्न गरे । युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख होलिवाइन भनेर चिनिएको एकनाथ ढकाललाई समानुपातिकमा राखेकोप्रति आक्रोश पोखे । निरङ्कुश व्यवस्थामा एमालेलाई नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई हेटौँडामा उम्मेदवार बनाएकोप्रति पनि असन्तुष्टि व्यक्ति गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...