संकटमा झाँक्री, सहज बन्यो गोकर्ण बिष्टको अवस्था



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीलाई पहिलो गाँसमै दाँतमा ढुंगा लागेको छ । पहिलो पटक चुनाव लडन लाग्नुभएकी झाँक्रीलाई गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले सहयोग नगर्ने भएको छ । गठबन्धन दलमा भएको सहमतिअनुसार गुल्मीको क्षेत्र नम्वर २ मा झाँक्री उम्मेदवार बने पनि कांग्रेस नेता डा. दामोदर भुसालले दर्ता गरेको उम्मेदवारी कायम रहेको छ । कांग्रेस नेताहरुले फिर्ता लिन दवाव दिए पनि बुधबार समयसम्म डाक्टर भुसालले फिर्ता नलिएपछि नेपाली कांग्रेसको भरोसामा उम्मेदवार बन्नुभएकी झाँक्रीलाई ठूलो संकट परेको छ ।

गठबन्धनकी आधिकारिक उम्मेदवार झाँक्रीविरुद्ध स्वतन्त्र भन्दै बागी उम्मेदवारी दिनुभएका भुसाललाई नेपाली कांग्रेस गुल्मीले बुधवार दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता गर्न अल्टिमेटम दिएको थियो । त्यस अवधिमा उहाँले उम्मेदवारी फिर्ता नलिए स्वतः कारबाही गर्ने चेतावानीलाई बेवास्ता गर्दै उहाँले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनकी उम्मेदवार झाँक्रीलाई धक्का लाग्ने र एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई सहज भएको छ ।

प्रदेश योजना आयोग लुम्बिनीका पूर्व सदस्य रहनु भएका भुसालले आफूले पार्टीको संगठन जोगाउन र गठबन्धन संस्कृतिको अन्त्य गर्न उम्मेदवारी दिएकाले निर्वाचनमा परीक्षण हुने बताउनु भएको छ । पार्टी संस्थापन समूहका प्रभावशाली नेता भुसालले उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसलाई समेत संकट परेको छ ।

नेता भुसालले जनाधार नै नभएको पार्टीका नेता र गुल्मीका लागि केही नगरेको ब्यक्तिलाइ नेपाली कांग्रेसका समर्थकले भोट दिएर जिताउन बाध्यता नरहेको बताउनु भएको छ । प्रमुख निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार गुल्मीका दुई क्षेत्रमा गरी चार जनाले उमेदवारी फिर्ता लिएका छन ।

जिल्लामा कुल ६६ जनाले उमेदवारी दिएका थिए । स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतभारका आधारमा एमाले ३१२५३, कांग्रेस २९८२१, माओवादी १८४१, एस ६५८, राप्रपा १०१ रहेका छन । स्थानीय तहको निर्वाचनपछि नेकपा एसका जिल्लाको मुख्य नेतृत्व नै एमालेमा प्रवेश गरेको छ भने माओवादी तथा अन्य पार्टीबाट समेत एमालेमा प्रवेश गरेकाले स्थानीय तहको मतभार फेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...