भुसालसहित एमालेबाट को-को भए निष्कासित ?



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहसहित चारजना केन्द्रीय सदस्य पार्टीबाट निष्कासनमा परेका छन् । पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थक बस्नेहरु स्वतः निष्कासित भएका हुन् ।एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल अनुसार केन्द्रीय कमिटी सदस्यहरुको हकमा केन्द्रीय कार्यालयबाटै उनीहरुको विवरण पार्टीको अभिलेखबाट हटाइनेछ भने अन्यको हकमा सम्बन्धित कमिटीबाट हटाइनेछ ।

रिजालका अनुसार स्थायी कमिटी सदस्य घनश्याम भुसाल,प्रभु साह र केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरीले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उनीहरु स्वतः अब एमालेको केन्द्रीय कमिटी लगायत साधारण सदस्यबाट निष्कासनमा परेका छन् ।

भुसालले रुपन्देही क्षेत्र नम्बर १ मा बागी दिएका छन् भने साहले रौतहटमा३ ३ मा । उनीहरुलाई सत्ता गठबन्धनले सघाउँदैछ । त्यस्तै कुशवाह रौतहट ३ मा प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार छन् भने गंगा थारुले दाङ १ मा बागी दिएकी छन् ।त्यस्तै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं ७ मा बागी दिएका छन् । यीबाहेक अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले एमाले छाडेर माओवादीबाट दैलेखेका प्रदेश सभाको उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...