भुसालसहित एमालेबाट को-को भए निष्कासित ?



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहसहित चारजना केन्द्रीय सदस्य पार्टीबाट निष्कासनमा परेका छन् । पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थक बस्नेहरु स्वतः निष्कासित भएका हुन् ।एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल अनुसार केन्द्रीय कमिटी सदस्यहरुको हकमा केन्द्रीय कार्यालयबाटै उनीहरुको विवरण पार्टीको अभिलेखबाट हटाइनेछ भने अन्यको हकमा सम्बन्धित कमिटीबाट हटाइनेछ ।

रिजालका अनुसार स्थायी कमिटी सदस्य घनश्याम भुसाल,प्रभु साह र केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरीले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उनीहरु स्वतः अब एमालेको केन्द्रीय कमिटी लगायत साधारण सदस्यबाट निष्कासनमा परेका छन् ।

भुसालले रुपन्देही क्षेत्र नम्बर १ मा बागी दिएका छन् भने साहले रौतहटमा३ ३ मा । उनीहरुलाई सत्ता गठबन्धनले सघाउँदैछ । त्यस्तै कुशवाह रौतहट ३ मा प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार छन् भने गंगा थारुले दाङ १ मा बागी दिएकी छन् ।त्यस्तै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं ७ मा बागी दिएका छन् । यीबाहेक अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले एमाले छाडेर माओवादीबाट दैलेखेका प्रदेश सभाको उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...