जसपाका मन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीले आजै राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका मन्त्रीहरुसँग राजीनामा मागिएको हो । जसपाका एक मन्त्रीले राजीनामा नदिए बर्खास्त हुने नरम भाषा प्रयोग गरिएको  बताए । जसपाबाट राजेन्द्र श्रेष्ठ, इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रसिंह यादव मन्त्री छन् ।

जसपालाई सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि सरकारबाट मन्त्री हटाउन दबाब छ । तर, जसपाका सहअध्यक्ष एवं मन्त्री श्रेष्ठले भने आफूहरु सत्ता गठबन्धनमै रहेको र एमालेसँग आंशिक ठाउँमा चुनावी तालमेलमात्र भएको बताए । श्रेष्ठले आफूहरु पाँच दलीय गठबन्धनको साझा न्यूनतम कार्यक्रममार्फत सरकारमा गएको र त्यसमा प्रतिबद्ध रहेकाले सरकारबाट हट्ने कुरा नहुने बताए । उनले प्रधानमन्त्रीले बर्खास्त गरे अलग कुरा हुने भन्दै आफूहरु एजेण्डाका आधारमा पाँच दलमै रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...