जसपाका मन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीले आजै राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका मन्त्रीहरुसँग राजीनामा मागिएको हो । जसपाका एक मन्त्रीले राजीनामा नदिए बर्खास्त हुने नरम भाषा प्रयोग गरिएको  बताए । जसपाबाट राजेन्द्र श्रेष्ठ, इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रसिंह यादव मन्त्री छन् ।

जसपालाई सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि सरकारबाट मन्त्री हटाउन दबाब छ । तर, जसपाका सहअध्यक्ष एवं मन्त्री श्रेष्ठले भने आफूहरु सत्ता गठबन्धनमै रहेको र एमालेसँग आंशिक ठाउँमा चुनावी तालमेलमात्र भएको बताए । श्रेष्ठले आफूहरु पाँच दलीय गठबन्धनको साझा न्यूनतम कार्यक्रममार्फत सरकारमा गएको र त्यसमा प्रतिबद्ध रहेकाले सरकारबाट हट्ने कुरा नहुने बताए । उनले प्रधानमन्त्रीले बर्खास्त गरे अलग कुरा हुने भन्दै आफूहरु एजेण्डाका आधारमा पाँच दलमै रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...