मकवानपुर २ मा महेश बर्तौलाको पल्लाभारी



हाम्रो इकोनोमि

 

 

कुनै समय थियो, नेकपा एमालेका नेता विरोध खतिवडाको भाषणकला र चुनाव जित्ने रणनीतिको महेश बर्तौला ‘फ्यान’ थिए । गृह क्षेत्र भएको कारण पनि खतिवडासँग बर्तौलाको सामिप्यता प्रगाढ थियो ।

बर्तौला अनेरास्ववियु मकवानपुरको जिल्ला अध्यक्ष हुँदा खतिवडा पत्नी तथा समाजवादी नेतृ मुनु सिग्देल तत्कालीन समयमा एमाले मकवानपुरकी अनेरास्ववियु इन्चार्ज थिइन् । इन्चार्ज भएको कारण कतिपय महत्वपूर्ण छलफल उनै खतिवडा निवासमै हुने गर्थ्यो । यसकारण पनि बर्तौला र खतिवडाको सम्बन्ध अझ राम्रो थियो ।

अहिले समय फेरिएको छ । कुनै समय खतिवडाको चुनावी कमाण्ड सम्हालेका बर्तौला योपटक खतिवडाकै प्रतिस्पर्धी भएका छन् । एकीकृत समाजवादीबाट खतिवडा र एमालेबाट बर्तौलाले मकवानपुर २ उम्मेदवारी दर्ता गरेसँगै ‘गुरु-चेला’को भिडन्त पक्का भएको हो ।

यो पटक उनको चुनाव जित्ने सूत्र थाहा पाएका बर्तौला उनीविरुद्ध चुनावी मैदानमा छन् । खतिवडाले सिकाएको ‘सूत्र’को प्रयोग गर्दै चुनाव जित्ने दाउमा छन् बर्तौला । हाम्रो इकोनोमी कुरा गर्दै ३९ वर्षका बर्तौलाले आफूहरुको तीन पुस्ताले खतिवडालाई मतदान गरेर जिताएको भन्दै उहाँले अब आराम गर्नुपर्ने समय आएको बताए । युवाहरुको राजनीतिमा प्रवेश अनिवार्य रहेको भन्दै उनले मकवानपुर २ का जनताले एमालेलाई विजयी गराउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।मकवानपुर २ मा यसपटक महेश बर्तौलाको पल्लाभारी रहेको स्थानीय जनता बताउँछन् ।

 

को हुन महेश बर्तौला

बि.स. २०५३ सालमा श्री कालिका मा.बि. नामटारमा कक्षा ७  मा अध्ययनरत रहँदा अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी सहित राजनीतिक यात्रा प्रारम्भ ।

– बि.स २०५४, ०५५ सालमा अनेरास्ववियु इलाका  कमिटी तथा निर्वाचन क्षेत्रीय कमिटीको पदाधिकारी लगायत को जिम्मेवारी बहन ।

-बि.स. २०५६ मा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको सदस्यको जिम्मेवारी हुँदै  सचिवालय सदस्य, बि.स. २०५८ सालमा जिल्ला कमिटी सचिवको जिम्मेवारी बहन  ।

-बि.स. २०६० र  ०६२ मा गरि अनेरास्ववियु मकवानपुरको  दुई पटक जिल्ला अध्यक्षको जिम्मेवारी बहन ।

-बि.स. २०६३ मा अनेरास्ववियु नारायणी अञ्चल कमिटी सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारी बहन ।

– बि.स. २०६० मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य, बि.स. २०६२ र ०६५ मा गरि दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा भइ जिम्मेवारी बहन ।

– बि.स.२०६५ मा स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको केन्द्रिय संयोजकमा निर्वाचित भइ एक कार्यकाल जिम्मेवारी बहन ।

– बि.स.२०६५ मा अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित हुँदै मध्यमाञ्चल बिकास क्षेत्रीय प्रमुख, दुई पटक केन्द्रिय सचिवालय सदस्य, केन्द्रिय सचीव ,केन्द्रिय उपाध्यक्ष र केन्द्रिय कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी बहन गरेको ।

– बि.स.२०६३ मा नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्यमा निर्वाचित भइ मकवानपुरको विकट गाबिसहरु नामटार, कालिकाटार र भार्ताको इन्चार्ज भइ जिम्मेवारी बहन ।

– २०६७ देखी २०७७ सम्म नेकपा एमाले काठमाडौ विद्यार्थी बिशेष जिल्ला कमिटी सदस्यको रूपमा जिम्मेवारी बहन ।

– २०७८ मा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य २०७८ मै नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य र हाल  नेकपा एमाले बाग्मती प्रदेश कमिटी उपसचिव को जिम्मेवारी मा कार्यरत ।

प्रहरी नियन्त्रण तथा जेल जिबन

तत्कालीन राजा ग्यानेन्द्रको शाही शासनकाल मा निरंकुशताविरुद्ध  लोकतन्त्रको पक्षमा आन्दोलन गर्दा  पटक पटक गरि ११ पटक गिरफ्तार तथा प्रहरी हिरासतमा बसेको।

ज्ञानेन्द्रको शाही चुनावको समयमा र २०६२/६३ को आन्दोलनको क्रममा गरि दुई पटक नजरबन्दमा राखिएको । अदालतको आदेश बाट क्रमशः १३ दिन र ७ दिन पछि रिहाई ।

शिक्षा

नेपाल ल क्याम्पस बाट कानुन विषयमा स्नातक तह उतिर्ण । २०६९ मा अधिबक्ताको लाइसेन्स उतिर्ण । – मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाबाट ब्यबस्थापन संकायमा स्नातकोत्तर तह उतिर्ण । प्रथम श्रेणीमा । –  त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय क्याम्पस बाट  राजनीतिशास्त्र मा स्नातकोत्तर तह उतिर्ण। प्रथम श्रेणीमा। – हाल त्रिभुवन बिश्वबिद्धालयमा राजनितीशास्त्र विषयमा Mphil- PHd  अध्ययन जारी रहेको ।

 

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...