मेरो जीत सुनिश्चित छ : वरिष्ठ उपाध्यक्ष पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । आसन्न निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्दै नेता पोखरेलले एमालेले जनताको मन जित्ने काम गरेको बताउँदै जीत सुनिश्चित रहेको बताए । त्यस्तै  क्षेत्र नम्बर ५ ख मा एमालेबाट प्रदेशसभा सदस्यको लागि दिपक निरौला र क्षेत्र नम्बर ५ क मा नारायण सिलवाल उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेता पोखरेलले भनेः निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै दुविधा छैन । त्यसको आधारमा भनेको हामीले अघि सारेका विचार, गरेका काम र योजना नै हुन् । हामीले जनताको मन जित्ने काम गरेका छौं । पोखरेलले निर्वाचनमा आफुसहित एमालेका उम्मेदवारहरु विजयी हुनेमा विश्वास व्यक्त गरे । पोखरल यसअघि २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रमा भारी मतले निर्वाचित भएका थिए । काँग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...