कोही पनि नेपाली नागरिकलाई नागरिकताविहीन बनाउन मिल्दैन : ओली



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन खोज्दा अहिले गठबन्धनमा रहेका दल र तिनका नेताहरूले नै रोकेको खुलासा गरेका छन् ।

तत्कालीन समयमा आफूले ल्याएको अध्यादेशविरुद्ध अदालत गएर बदर गराउने दल र तिनका नेताहरू नै अहिले एमालेले विधेयक रोक्यो भनेर हल्ला गर्न थालेको उनले बताएका छन् ।

‘जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिउँ भनेर अध्यादेश ल्याउँदा त्यस अध्यादेशविरुद्ध अदालत गएर त्यसलाई बदर गराउने यही गठबन्धन हो, यसैले बदर गराएको हो । अनि अहिले फेरि मधेशतिर एमालेले नागरिकता विधेयकलाई यस्तो गर्यो उस्तो गर्यो भन्दैछन्,’ गठबन्धनका दलहरूलाई प्रश्न गर्दै ओलीले आज भने, ‘अनि त्यही कानून तीन–चार वर्षसम्म रोकेर राख्ने तपाइँहरू होइन ? अध्यादेशबाट ल्याएको कानून मुद्दा हालेर रोक्ने तपाइँहरू होइन ?’

नागरिकता विधेयकका बारेमा गठबन्धन एकलौटी ढंगले अघि बढेको र एकपटक पनि राष्ट्रपतिसँग परामर्श नगरेको उनको भनाइ छ । ओलीले नेपाली नागरिकलाई मात्रै नागरिकता दिने काम हुनुपर्ने भन्दै विदेशीहरूलाई नागरिकता दिने काम सरकारले गर्न नसक्ने धारणा व्यक्त गरेका छन् । उनले संविधान अनुसार कोही पनि नेपाली नागरिकलाई नागरिकताविहीन बनाउन नमिल्ने उनको भनाइ छ ।

 

पढ्नुहोस् ओलीको भनाइ जस्ताको त्यस्तै–

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिउँ भनेर अध्यादेश ल्याउँदा त्यस अध्यादेशविरुद्ध अदालत गएर त्यसलाई बदर गराउने यही गठबन्धन हो । यसैले बदर गराएको हो । अनि अहिले फेरि मधेशतिर एमालेले नागरिकता विधेयकलाई यस्तो गर्यो उस्तो गर्यो… । अनि तीन–चार–पाँच वर्षसम्म रोकेर राख्ने तपाइँहरू होइन ? अध्यादेशबाट ल्याएको कानून मुद्दा हालेर रोक्ने तपाइँहरू होइन ?

अहिले कतै सर–सल्लाह नगरी नचाहिने बुँदाहरू त्यसभित्र घुसाएर मान्न नसकिने स्थिति बनाउने तपाइँहरू होइन ? छलफल पनि गर्न तयार नहुने, कुरा गर्न तयार नहुने बलमिच्याइँ गरेर जबरजस्ती देशहितका विरुद्ध कदम चाल्ने तपाइँहरू होइन ?

तसर्थ नेकपा एमालेको तर्फबाट मैले संसदीय दलको नेता तथा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा केही दिनअगाडि नै संसदको आयु छँदाछँदै भनेँ, अहिले पनि आयु छ संसदको ‘जन्मसिद्ध नागरिकका सन्तानले बंशजका आधारमा नागरिकता प्राप्त गर्ने छन्’ दुई लाइन लेखेर ल्याउनुहोस् संसदबाट हामी तत्काल पारित गर्छौं । धेरै कुरा किन चाहियो ? जे चाहिएको छ त्यो लेखेर ल्याउनुहोस् न ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...