डा. सन्दुक रुइत र सुधन ज्ञवाली सम्मानित



हाम्रो इकोनोमि

 

 

नागरिक समूहले तिलगङ्गा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइत र प्रेरक वक्ता सुधन ज्ञवालीलाई अभिनन्दन तथा सम्मान गरेको छ । समूहले यहाँ शनिबार आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक अन्तर्क्रिया तथा अभिनन्दन कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई अभिनन्दन गरे ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा रूइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका थिए । विश्वविख्यात सरल र कम लागतको मोतियाविन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुआतकर्ताका रूपमा परिचित डा रुइतले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनमा कार्यरत ज्ञवालीले यसअघि लामो समय रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सञ्चार माध्यममा काम गरिसकेका छन् । पछिल्लो चरणमा प्रेरक वक्ताका रुपमा ज्ञवालीले सकारात्मक सोचसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...