विकाससँग सँगै वन जङ्गल जोगाउन आवश्यक छ : मन्त्री यादव



हाम्रो इकोनोमि

 

 

 

 

 

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकाससँग सँगै वन जङ्गल जोगाउन आवश्यक रहेको बताउनु भएको छ । आज शनिवार ॐ हरहर आदी शक्ति परिवारको प्रथम वार्षिक उत्सब समारोहमा प्रमुख अतिथीको आसनबाट बोल्नु हुँदै मन्त्री यादवले आफु बाच्नका लागि भएपनि रुख रोप्नु पर्ने तथा वन जङ्गल जोगाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ वन जङ्गल विनास हुँदा बिभिन्न प्राकृतिक घटनाहरु बढ्दै जाने र बिपत्ती आउने भएकाले अब सबै नागरिकले वन जङ्गल जोगाउन तर्फ लाग्नु पर्छ, विकास पनि गर्नु पर्छ, वन जङ्गल पनि जोगाउनु पर्छ ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयका कर्मचारी सहित आम नेपाली दाजुभाइ दिदि बहिनीका कारण नेपालको वन जङ्गल जोगिदै गएको बताउनु भयो ।

सम्पूर्ण संघ संस्था तथा नागरिकले वन जङ्गल जोगाएका कारण अहिले नेपालमा करिब ४५ प्रतिसत भन्दा बढी वन क्षेत्र बढेको समेत मन्त्री यादवले जानकारी दिनुभयो । वन जङ्गल, मठ, मन्दिर, धार्मिक क्षेत्र, कला संस्कृति जोगाउनका लागि ॐ हरहर आदी शक्ति परिवारको उल्लेख्य भुमिका रहेको भन्दै मन्त्री यादवले उक्त संस्थालाई आवश्यक पर्ने सहयोगका लागि आफु सहित सिङ्गो मन्त्रालय तयार रहेको समेत आश्वासन दिनुभयो ।

यसैगरी मन्त्री यादवले पछिल्लो समय नेपाल सहित बिभिन्न मुलुकमा जलवायु परिवर्तनका कारण बिभिन्न घट्नाक्रम बढ्दै गएकाले जलवायुका क्षेत्रमा सबै क्षेत्र तह तप्काबाट लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिर्वतनकै कारण काठमाडौँमा तराइँ जत्तिकै गर्मि हुँदै आएको र हिमालमा पनि त्यस्को असर पर्न थालेको छ, सबैले वातावरण जोगाउनका लाग्नु पर्ने अवस्था छ ।”

वातावरण नजोगिएको खण्डमा नागरिकलाई पनि निकै असज हुनुका साथै दुःखद घटना घट्ने देखिएकाले हामीले कसरी वातावरण तथा वन जङ्गल जोगाउन लाग्ने सो विषयमा आम नागरिकले गम्भिर भएर लाग्न समेत मन्त्री यादवले आग्रह गर्नुभयो । वातावरणमा असर पर्ने गरी आफुले कुनै पनि क्षेत्रमा रुख काट्नका लागि अनुमति नदिने समेत मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो । उहाँले थप भन्नुभयो, “म विकास बिरोधी मन्त्री होइन, तर वन जङ्गल विनास हुँने गरी म रुख काट्न दिने छैन, मेरो मन्त्रालय ताली भन्दा पनि गाली खाने मन्त्रालय हो, म विकासका लागि जङ्गलको विनास हुन दिने छैन् ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले जङ्गली जनावर जङ्लगमा र आम नागरिक बस्तिमा बस्ने वातावरण मिलाउनका लागि वन तथा वातावरण मन्त्रालयले यहाँका राष्ट्रिय निकुञ्जमा बिभिन्न उपकरण जडान गर्न लागेको हुँदा ती उपकरणहरु निकट भविश्यमै जडान गर्ने तयारी भइरहेको समेत जानकारी गराउनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...