सत्ता गठबन्धनमा खटपट, माधव नेपाल आउट हुने संकेत



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनमा खटपट भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूले जितेको प्रतिनिधि र प्रदेशसभाको सिट कुनै हालतमा नछाड्ने अडान लिएपछि गठबन्धनमा विवाद आएको छ ।

उनीहरूले गठबन्धनबीच सिट बाँडफाँडका लागि सम्बन्धित दलले जितेका स्थानमा तीनै दलको भागमा पर्नुपर्ने अडान राख्दै आएका छन् । तर नेपाली काँग्रेसले भने स्थानीय निकायको मत परिणामलाई आधार मान्नुपर्नेमा जोड दिएको छ ।

जसअनुसार माओवादी, एस र जसपाले २०७४ मा जितेको सिटमा कमजोर अवस्था भए छाड्नुपर्ने शर्त छन् । तर, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव तीनैजना यसमा असहमत छन् । माओवादीले २०७४ मा जितेको ३६ सिटमा नछाड्ने अडान लिइरहेको छ । प्रचण्ड त्यसमा टसमस नहुने भएका छन् ।

जसपाले २०७४ मा जितेर बहालवाला सांसद रहेका ९ जनाको चुनावी क्षेत्र नछाड्ने अडान लिएको छ । उपेन्द्र यादवले थप १० क्षेत्र समेत मागेको बुझिएको छ । बाबुराम भट्टराई र महिन्द्र राय यादवले पनि आआफ्नो क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्न प्रचण्डसँग कुरा मिलाइसकेका छन् ।

बाबुरामले छोरी मानुषीका लागि काठमाडौंको कुनै एक क्षेत्र सुनिश्चित गर्न खोजेका छन् । त्यस्तै, जनमोर्चा नेपालले प्यूठान नछाड्ने भएको छ । उक्त क्षेत्रमा बामदेवको दाबी भएपनि जनमोर्चा टसमस भएको छैन ।

कांग्रेसले आफूहरुबाट बहालवाला सांसद रहेको क्षेत्र पनि दाबी गरेको भन्दै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव असन्तुष्ट भएका छन् । उनीहरुले कुनै हालतमा पछि नहट्ने गरी अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...