सत्ता गठबन्धनमा खटपट, माधव नेपाल आउट हुने संकेत



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनमा खटपट भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूले जितेको प्रतिनिधि र प्रदेशसभाको सिट कुनै हालतमा नछाड्ने अडान लिएपछि गठबन्धनमा विवाद आएको छ ।

उनीहरूले गठबन्धनबीच सिट बाँडफाँडका लागि सम्बन्धित दलले जितेका स्थानमा तीनै दलको भागमा पर्नुपर्ने अडान राख्दै आएका छन् । तर नेपाली काँग्रेसले भने स्थानीय निकायको मत परिणामलाई आधार मान्नुपर्नेमा जोड दिएको छ ।

जसअनुसार माओवादी, एस र जसपाले २०७४ मा जितेको सिटमा कमजोर अवस्था भए छाड्नुपर्ने शर्त छन् । तर, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव तीनैजना यसमा असहमत छन् । माओवादीले २०७४ मा जितेको ३६ सिटमा नछाड्ने अडान लिइरहेको छ । प्रचण्ड त्यसमा टसमस नहुने भएका छन् ।

जसपाले २०७४ मा जितेर बहालवाला सांसद रहेका ९ जनाको चुनावी क्षेत्र नछाड्ने अडान लिएको छ । उपेन्द्र यादवले थप १० क्षेत्र समेत मागेको बुझिएको छ । बाबुराम भट्टराई र महिन्द्र राय यादवले पनि आआफ्नो क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्न प्रचण्डसँग कुरा मिलाइसकेका छन् ।

बाबुरामले छोरी मानुषीका लागि काठमाडौंको कुनै एक क्षेत्र सुनिश्चित गर्न खोजेका छन् । त्यस्तै, जनमोर्चा नेपालले प्यूठान नछाड्ने भएको छ । उक्त क्षेत्रमा बामदेवको दाबी भएपनि जनमोर्चा टसमस भएको छैन ।

कांग्रेसले आफूहरुबाट बहालवाला सांसद रहेको क्षेत्र पनि दाबी गरेको भन्दै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव असन्तुष्ट भएका छन् । उनीहरुले कुनै हालतमा पछि नहट्ने गरी अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...