दसैँका लागि नयाँ नोट साट्न सुरु



हाम्रो इकोनोमि

 

 

दशैंतिहार तथा छठलाई लक्षित गरेर आजदेखि सर्वसाधारणका लागि सुकिला (नयाँ) नोट साट्ने व्यवस्था मिलाइएको छ । नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो ।

आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न आएपनि कुनै बन्देज नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले जानकारी दिए ।

यस वर्ष राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको सुकिला नोटको व्यवस्था गरेको छ । यतिले नपुगेको थप रकमको व्यवस्थापन समेत गरिने नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...