७०-८० सीटका लागि गठबन्धन चाहिन्न : शेखर कोइराला



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत आउन कम्तीमा सय सीटमा उम्मेदवारी दिनुपर्ने बताएका छन् । बहुमत नल्याउने भए गठबन्धन गरेर चुनाव लड्नुको औचित्य नरहने उनले प्रष्ट्याएका छन् । गृहजिल्ला मोरङमा आइतबार आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनेकाले सोही अनुसार सीट बाँडफाँटको प्रयास भइरहेको कोइरालाले बताए ।

उनले भने, ‘कांग्रेसले १०० सीटमा उम्मेदवारी दिनुपर्छ । ७० र ८० सिटमा दिएर त बहुमत आउँदैन,’ ‘हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो ।’ कोइरालाले ८०/८५ सीटमा उम्मेदवार दिएर कांग्रेसले बहुमत नल्याउने र उल्टै पार्टीमा विद्रोह हुने भन्दै २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न नसकिने बताए । यो कुरा आफूले माओवादी अध्यक्ष प्रचण्डलाई पनि भनिसकेको कोइरालाले कार्यकर्तामाझ सुनाए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...