कांग्रेसको अवस्था रामराम भन्नुपर्ने भइसक्यो : पूर्वराष्ट्रपति यादव



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति डा.  रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । आज बिहीवार काठमाण्डौमा भएको वीपी साहित्य सम्मान एवम् वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै यादवले यस्तो चिन्ता प्रकट गर्नुभएको हो । उहाँले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुबाहेक अरू नरहेको उल्लेख गर्नुभयो ।

 

पार्टीका नेता र कार्यकर्तालाई वीपीका राजनीतिक चिन्तन अध्ययन गर्ने फुर्सद नभएको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने क्रम चलेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘वीपीको जेल डायरी, वीपीको आत्मवृतान्त, वीपीले बोलेका कुराका बारेमा पढ्न कांग्रेसीलाई फुर्सद छैन । सोझै कांग्रेस छिर्छन् किनकि टिकट किन्नेलाई कांग्रेसी भनेको छ । पैसामा टिकट बेचिरहेको छ । अहिले विधिको बरेमा चर्चा गर्न र आदर्शको बारेमा कुरा गर्नै छोडिसके ।

वीपी, गणेशमान, किसुनजी, गिरिजाजस्ता नेताहरूको नाम सुन्दै गदगद हुन्छ तर अहिले देशको अवस्था कस्तो छ रु वीपीको एक गुण पनि हामीमा छैन । कांग्रेस जनताको बीचमा जान पनि अरू पार्टीसँग मिलेर अंशबन्डा गरिरहेको छ । कांग्रेसको बारेमा रामराम भन्ने बेला भइसकेको छ ।’पूर्वराष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्याङ्कन बढी हुँदै गइरहेको पनि बताउनुभयो । उहाँले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...

च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...