एमाले नेता थापाको नाम प्युठानबाट सर्वसम्मत सिफारिस



हाम्रो इकोनोमि

 

 

मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी  (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाको एकल नाम सिफारिस भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला इन्चार्ज समेत रहनुभएका थापाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

झिमरुक गाउँपालिका –१ सौतामारे निवासी थापा पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ दुई पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ । दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्युठानमा दुवैतर्फ सर्वसम्मत एकल नाम सिफारीस गरिएको पार्टी अध्यक्ष विजयविराज विष्टले जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन क्षेत्र (क) बाट निवर्तमान पार्टी अध्यक्ष तुल्सीराम शर्मा र प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रदेस सांसद हरि रिजालको एकल नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । प्युठानमा राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पौडेल यसअघि २०७४ को निर्वाचनमा बाम गठबन्धन (एमाले, माओवादी, जनमोर्चा) बाट विजयी हुनुभएको थियोे ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोख्रेलसहितको ७ जनाको नाम कांग्रेस प्युठानले सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले भने उम्मेदवार चयन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...