पछि हट्यो गठबन्धन, संसदको आयु नथप्ने सहमति



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको आयु नलम्ब्याउने बारे गठबन्धन दलमा सहमति भइसकेको बताएका छन् । मंगलबार बिहान धनगढी पुगेका दाहालले आजै यो प्रस्ताव फिर्ता हुने जानकारी गराए । सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ मार्फत प्रतिनिधिसभाको आयु थप्न खोजेपछि चौतर्फी आलोचना भएको थियो । सरकारको यो कदममा निर्वाचन आयोगले समेत असहमत जनाइसकेको छ ।

‘आयु लम्ब्याउन हुँदैन भनेर गठबन्धनमा बसेर छलफल भएको छ । एकदिन पनि यताउता गर्नु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मनोनयनपछि संसद रहँदैन । एकदम क्लियर छ त्यहाँ द्वविधा हुनै पर्दैन ‘, प्रचण्डले भने । प्रचण्डले केही टेक्निकल कारणले प्रतिनिधिसभाको म्याद थप्न खोजिएपनि चुनावअघि कन्फ्यूजन पार्न नहुनेमा सहमत भएको बताए ।

प्रचण्डले भने, ‘बीचमा केही टेक्निकल कारणले संसद लम्ब्याउने कि भनेर प्रमुख सचेतकहरूले सोच्नुभएको रहेछ । गठबन्धन बसेर यसरी सोच्नु हुँदैन । कहिँ इफ बट हुन दिन हुँदैन । ४ गते निर्वाचन हुन्छ त्यहाँ भन्दा अगाडि केही काम कन्फ्यूजन पैदा गर्ने गरी गर्नुहुँदैन भन्ने भइसकेको छ । सायद आजै प्रस्ताव फिर्ता हुन्छ ।’ प्रचण्डले स्थानीय चुनाव र अब हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनले संविधान डिरेलको खतरा टरेको र गणतन्त्रको विजय भएकव दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...