जिल्ला निर्वाचन कार्यालय नै गगन थापा जिताउन यस्तो हर्कद गर्दै



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रका सात सय मतदाताको नाम राजनीतिक आस्थाका आधारमा हटाउनका लागि निर्वाचन कार्यालयले वडा कार्यालयलाई पत्र पठाएको भन्दै बुढानिलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित भएका छन् ।

नेपाली कांग्रेस बुढानिलकण्ड नगर समितिले एमाले कार्यकर्ता र समर्थक मतदाताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको किर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइ सराई र मतदाता परिचयपत्र लगायतका कागजात बोकेर आन्दोलनमा उत्रिएका हुन् ।

अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय पुगेका मतदाताले आफूहरुको नाम गगन थापालाई चुनाव जिताउने उद्देश्ये मतदाता नामावलीबाट हटाउन खोजिएको भन्दै कार्यालयको बोर्ड समेत तोडफोड गरेका छन् । उनीहरुले निर्वाचन आयोग राजनीतिक पुर्वाग्रह र घुसखोरीमा परेर ७ सय मतदातालाई सूचीबाट हटाउन खोजिएको दावी गरेका छन् ।

आन्दोलनकारीले नेपाली कांग्रेसको इसारामा गगन थापा जिताउन किर्ते उजुरीकर्ता खडा गरेर ७ सय बढी मतदातालाई मतदानबाट बन्चित गर्न खोजेको आरोप लगाएका छन् । पटकपटक मतदान गरिसकेका मतदाता र जनप्रतिनिधिलाई समेत किर्ते मतदाता भनेर बोलाइएको उनीहरुको भनाइ छ ।

निर्वाचन कार्यालयले कागजपत्र लिएर आउन सूचित गरेका ७ सयजना मध्ये बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य मेन्दो शेर्पा समेत छिन् । २०७४ सालदेखि नै मतदान गरिरहेका मतदातालाई समेत कार्यलयले झिकाएको वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले बताए ।

७ सय भन्दा बढी मतदातालाई राजनीतिक पार्टीको नजिक रहेका कारण कार्यालयमा बोलाइएपछि बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाको नेतृत्वका वडाध्यक्ष र जनप्रतिनिधिहरु पनि पुगेका थिए । उनीहरुले कसैले उजुरी गरेको आधारमा मतदातालाई कागजपत्र लिएर कार्यालयमा बोलाइने हो भने जसले पनि उजुरी हाल्न सक्ने र दलहरुबीच प्रतिस्पर्धा हुने बताए ।

प्रतिक्रिया दिनुहोस
अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...

च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...