पर्सा मिलन केन्द्र काठमाडौंको साधारण सभा सम्पन्न



हाम्रो इकोनोमि

 

 

पर्सा मिलन केन्द्र काठमाडौंको १८ औं साधारण सभा सम्पन्न भएको छ । सम्पन्न सो साधारण सभाले ईन्जिनियर उमेशकुमार गुप्ताको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको प्रथम उपाध्यक्षमा अमुसिंह सिजापति, उपाध्यक्षमा उताउल्लाह अंसारी, महासचिवमा ललन प्रसाद साह, कोषाध्यक्षमा प्रदिप कुशवाहा, सचिवमा किरण कुमारी गुप्ता, प्रचार सचिवमा राजवली प्रसाद कुशवाहा र सहायक सचिवमा सविता राज कर्णिकार रहेका छन् ।

यसैगरी सदस्यहरुमा विशेश्वर प्रसाद यादव, अजयकुमार साह, ममता भुजेल, शशीभुषण चतुर्वेदी, शृजकिशोर स्वर्णकार, अजयकुमार गुप्ता, सिकेन्द्र चौधरी र औरन्जेब अहमद रहेको नवनिर्वाचित अध्यक्ष गुप्ताले जनाएका छन् । काठमाडौंमा आई बसोबास गर्दै आएका पर्सा जिल्लाबासीहरुका बीचमा आपसी मेलमिलाप, भाइचार, सदभाव र सहयोग कायम गर्ने उदेश्यले यो संगठनको ३२ बर्ष अघि स्थापना भएको थियो । साधारण सभाको उदघाटन एक कार्यक्रमका बीच खानेपानी मन्त्री उमाकान्त चौधरीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...