गोकर्णको क्षेत्रमा तीन उम्मेदवार सिफारिस, प्रदीप ज्ञवाली सर्वसम्मत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा उहाँसहित तीन जनाको नाम सिफारिश भएको छ । एमालका दुई पदाधिकारी रहेका गुल्मीका प्रदीप ज्ञवाली क्षेत्र नं १ मा एकल सिफारिसमा पर्नुभएको छ । क्षेत्र नं २ बाट विष्टको स्थानमा तीन जनाको सिफारिस भएको छ । केन्द्रीय उपमहासचिव रहेका सांसद ज्ञवालीलाई पुनः सोही क्षेत्रमा उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको हो । गुल्मीको रिडीमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचिव यज्ञ पाण्डेले जानकारी दिनुभएको छ ।

क्षेत्र नम्बर २ मा भने पार्टी सचिव बिष्टसहित प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिश भएको हो । क्षेत्र नम्बर २ को क प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, रेसुङगा नगरपालिकाका पूर्वमेयर डिल्लिराज भुसाल, र मुसिकोटका पूर्वमेयर सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस हुनुभएको छ ।

प्रदेश ख मा केन्द्रीय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...