जसपाबाट पर्सा–१ मा मन्त्री यादवको एकल नाम सिफारिस



हाम्रो इकोनोमि

 

 

 

 

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पर्सा क्षेत्र नम्बर १ बाट वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि सिफारिस गरेको छ । वीरगञ्जमा बसेको जसपा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले सर्व सहमतिबाट २०७९ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मन्त्री यादवको एकल नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि सिफारिस गरेको हो ।

यादव २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उहाँले नेपाली काग्रेसका अनिल रुङ्गटा र संविधानसभा सदस्य तथा नेकपा एमालेका विचारी यादवलाई ठूलो मतान्तरले पराजित गर्नु भएको थियो । यसैगरी उक्त बैठकले क्षेत्र नम्बर १ को ‘ख’ बाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नाम पनि सिफारिस गरेको छ । राउत पनि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुनु भएको थियो ।

त्यसैगरी बैठकले सो क्षेत्रबाट प्रतिनिधि सभाका लागी समानुपातिक तर्फ जमुना यादव, नसीम अख्तर र इमामूल अन्सारीको नाम सिफारिस गरेको छ । त्यसतै १ को ‘ख’ प्रदेश सभामा समानुपातिक तर्फ भिमा यादव, जमिला खातुन, शशी गुप्ता, प्रेमा कुमारी सिंह क्षेत्री, राम दरश प्रसाद, सलाउदिन मियाँ अन्सारी, अयुब मियाँ, वीरेन्द्र यादव, लालदेव प्रसाद यादव, नुरुल होदा फकिर, ईश्वर चन्द्र यादव र श्याम बाबु प्रसाद चौरसियाको नाम सिफारिस भएको छ ।

क्षेत्रीय समितिको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य करिमा बेगम, जनार्दन यादव, समाजवादी मुस्लिम संघका राष्ट्रिय अध्यक्ष मौलाना नुरुल होदा, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
विमल विष्ट

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...