गठबन्धनको सीट बाँडफाँट मिल्यो, कसलाई कति ?



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ । केहीबेरअघि बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको हो । आजै ३ बजे बस्ने कार्यदलमा उक्त मस्यौदा प्रस्ताव गरिँदैछ । मस्यौदा छलफलकै चरणमा रहेको र सहमति भने भइनसकेको एक नेताले जानकारी दिए ।

प्रस्तावित मस्यौदामध्ये नेपाली कांग्रेसलाई लोसपासहित ९० सीट छुट्याइएको छ । यसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका लोसपा नेतालाई समर्थन जनाउने/जिताउने गरी कांग्रेसले बाँड्नुपर्नेछ । त्यस्तै माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट प्रस्ताव गरिएको छ ।

यसअघि १६५ सीटमध्ये कांग्रेस ८६ सीटमा लडेर ७९ सीट अरुलाई बाँड्न सहमत भएको थियो । कार्यदलका एक नेताका अनुसार सोही सेरोफेरोमा रहेर आज दिउँसोको बैठकमा छलफल हुन लागेको छ ।

बिहानको बालुवाटार बैठकमा माधव नेपालले कांग्रेसलाई ७० सीटमा लड्न देउवालाई आग्रेह गरेका छन् । त्यस्तै प्रचण्डले कांग्रेस ८२,अरु दल ८३ सीट बाँडौं भनेर प्रस्ताव गरेका छन् । कांग्रेस सय सीटकै औपचारिक अडानमा रहे पनि देउवाले कार्यदल सदस्यहरूलाई लचिलो हुन संकेत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...