५५० घर परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण



हाम्रो इकोनोमि

 

 

 

धुवा चुल्हो मुक्त अभियान’ अन्तरगत रौतहटको कटहरिया नगरपालिका–९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । कटहरिया स्थित तराई मधेस जनयुद्ध शहीद स्मृती प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीचमा ५५० घर परिवारलाई ग्यास सिलिडन्र तथा चुल्हो वितरण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले ‘धुवा चुल्हो मुक्त अभियान’ चलाउँदै आएका छन् । पछिल्लो निर्वाचन ताका उनी धुवा चुल्हो मुक्त अभियान अन्तरगत ग्यास सिलिडन्र तथा चुल्हो वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अभियान अन्तरगत यस्तो कार्यक्रम हुदै आएको छ ।

यस ग्यास चुल्हो तथा सिलिन्डर वितरण संगै अब कटहरिया नगरपालिका पनि धुवाँ चुल्हो मुक्त नगर बन्ने निश्चित भएकोमा साहले खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद कुन्दन कुशवाहा, पार्टी क्षेत्रिय ईन्चार्य एवं पुर्व मेयर सियाराम कुशवाहा, युवा संघको प्रदेश सह–ईन्चार्य नरेश तुरहा, नगर कमिटी ईन्चार्ज योगेन्द्र साह, वड़ाध्यक्ष चन्दन कुशवाहा लगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण गरिएको हो । यस अघि पनि रौतहटका बिभिन्न पालिका, वडा तथा गाउँहरुमा ग्यास सिलिडन्र तथा चुल्लो वितरण हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...