सिट बाँडफाँडले गठबन्धनमा भाँडभैलो, ९० सिट नछाड्ने कांग्रेसको दाबी



हाम्रो इकोनोमि

 

 

सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँड्न बसेको बिहीबारको बैठक निष्कर्षविहीन बनेको छ । दलका शीर्ष नेताहरुबीच भएको छलफलमा आआफ्नै अडान प्रस्तुत भएपछि सहमति हुन नसकेको हो । नेपाली कांग्रेसले ९० सिट नछाड्ने दाबी प्रस्तुत गरेको थियो भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कांग्रेसलाई ८० सिटमा खुम्च्याउन चाहन्छन् ।

हिजोको बैठकमा दलहरुले गम्भीररुपमा छलफल गरेको भने पनि ठोस उपलब्धि भने हुन सकेन । सरकारका प्रवक्ता एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले निष्कर्ष निकाल्न अझै केही दिन लाग्ने बताए । उनले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै अब दुई धैर्य बन्न र त्यसपछि एउटा ठोस निष्कर्ष दिइने बताए । उनले भने, ‘सबैलाई सम्मानजनक, न्यायोचित ढंगले सिटको बाँडफाँट हुनेछ, अझै एक वा दुई पर्खिनुहोस् ।’

विशेषगरी सिट संख्यामै कुरा नमिलेको गठबन्धनका नेताहरु बताउँछन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले छलफल गहन भएको तर संख्यामै सहमति हुन नसकेको बताए ।

गठबन्धन दलका नेताहरुले कांग्रेसले आफूहरुलाई पेलेको आरोप लगाउँदै आएका छन् । केही दिनअघिको भाषणमा नेकपा एसका अध्यक्ष माधव नेपालले अरुको भ¥याङमात्रै बनेर अघि बढ्न नसकिने बताएका थिए । भेदभाव गरिए गठबन्धनमा बस्नुको औचित्य नहुने उनको आशय थियो । त्यस्तै, माओवादी केन्द्रले पनि कांग्रेसलाई एकलौटी रुपमा धेरै सिट दिन नहुने भन्दै अन्य दलहरुसँग त्यही किसिमले मोर्चाबन्दी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...