हत्याको अभियोगमा थुनामा रहेका आलमको नामपनि कांग्रेसबाट सिफारिस



हाम्रो इकोनोमि

 

 

इँटाभट्टामा जिउँदै व्यक्तिलाई जलाएर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता अफताब आलम बिहीबार प्रतिनिधिसभा सदस्यका लागि रौतहटबाट सर्वसम्मत सिफारिस भए । तर, यसको वातावरण भने यसअघि नै बनिसकेको थियो । दुई साताअघि सञ्चारमन्त्री तथा सीट बाँडफाँट कार्यदलमा कांग्रेसबाट सदस्य रहेका ज्ञानेन्द्रबहादुर कार्की ललितपुरस्थित नख्खु कारागारमा मोहम्मद अफताब आलमलाई भेट्न पुगेका थिए ।

निजी साधनमा गएका कार्कीले आलमसँग झण्डै एक घण्टा कुराकानी गरे । भेटका क्रममा आलमले कार्कीलाई आफू पनि आसन्न प्रतिनिधिसभा चुनाव लड्ने बताएका थिए । आलमले आफूलाई जेलबाट निकाल्न पार्टीले बेवास्ता गरेको गुनासो गरेको कारागार स्रोत बताउँछ । उनलाई सभापति तथा प्रधानमन्त्री देउवाले सार्वजनिकरूपमै जेलबाट छुटाउने आश्वासन दिएका थिए ।

म जेलभित्रै बसेर पनि चुनाव लड्न सक्षम छु’, कार्कीसँग आलमले भनेका थिए । आलम प्रतिनिधिसभाका निलम्बित सांसद हुन् । उनका छोरा हालै राजापुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता रहेका आलम २०७६ असोज २६ गते पक्राउ परेका थिए । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउनेक्रममा भएको विस्फोटपछि ज्यान गुमाएका र घाइतेलाई इँटाभट्टामा हालेर मारेको आरोप आलममाथि छ । घटना भएको झण्डै १२ वर्षपछि पक्राउ परेका आलमको मुद्दामा जिल्ला अदालतले अझै फैसला गर्न सकेको छैन ।

आलम रौतहटबाट निर्वाचित प्रतिनिधिसभा सांसद थिए । उनले २०५१, २०५६, २०६४ र २०७४ सालमा सम्पन्न निर्वाचनमा पनि जित हात पारेका थिए । जेलमा रहेपनि उनलाई भेट्न प्रदेश र प्रतिनिधिसभाका सांसद, मन्त्रीदेखि स्थानीय निकायका जनप्रतिनिधिहरू बाक्लो संख्यामा आइरहन्छन् ।

जेलमै रहेका प्रतिनिधिसभाका अर्का निलम्बित सांसद रेशम चौधरीलाई भेट्न आउने नेताको लर्को पनि बाक्लै देखिन्छ । डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न तीन साताअघि महन्थ ठाकुर पुगेका थिए भने केही दिन पहिला नेकपा एमालेका मणि थापा पनि पुगेको कारागार स्रोत बताउँछ । सीके राउतले नेतृत्व गरेको नेपाल जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि केही दिनअघि चौधरीलाई भेटेका थिए । कर्तव्य ज्यान मुद्दामा चौधरीलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो । उच्च अदालतले त्यसलाई बढाएर २५ वर्ष पुर्‍याएको थियो ।

जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध रेशमले सर्वोच्च अदालतमा पुनरावेदन गरिसकेका छन् । २०७२ सालमा कैलालीको टीकापुरमा भएको घटनाको प्रमुख योजनाकारका रूपमा प्रहरीले चौधरीलाई प्रस्तुत गरेको थियो । मुद्दा दर्ता भएपछि फरार रहेका चौधरीले सोही अवस्थामा उठेर २०७४ सालको प्रतिनिधि सभा निर्वाचन जितेका थिए । त्यसपछि अदालतमा हाजिर भएका चौधरीलाई बयान र बहसपछि पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको थियो । अहिले राष्ट्रिय उन्मुक्ती पार्टीका नाममा चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर जेलबाटै राजनीति गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...