म एमालेबाटै चुनाव लड्छु : रामवीर मानन्धर



हाम्रो इकोनोमि

 

 

पूर्वशहरी विकास राज्यमन्त्री तथा एमाले नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट आफू उम्मेदवार बन्ने भन्दै हालै गरिएको सिफारिसको औचित्य नरहेको बताएका छन् । एमाले क्षेत्रीय कमिटीले बुधवार काठमाडौं ७ बाट प्रतिनिधिसभाका लागि इन्दिरा पन्त, श्याम घिमिरे र वीपी ढकालको नाम सिफारिस गरेको थियो । सो क्षेत्रबाट रघुजी पन्त र विद्यासुन्दर शाक्यको नाममा समेत छलफल हुँदा दुईपटक सोही क्षेत्रबाट जितेको मानन्धरको नाम भने छलफलमा समेत नआएको नेताहरूले बताएका छन् ।

सांसद मानन्धरले भने क्षेत्रीय कमिटीको सिफारिसको अर्थ नहुने भन्दै केन्द्रबाट आफूले नै टिकट पाउने दाबी गरे । दुईपटक जितेको बहालवाला सांसदलाई छाडेर पार्टीले चुनाव हार्नका लागि अर्को उम्मेदवार खडा नगर्ने बताए । मानन्धरले भने, ‘मेरोबारेमा क कसले के के भनिरहेका छन् मतलब छैन । केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष बनाउन मेरो पनि योगदान छ । मलाई विश्वास छ पार्टीले यो क्षेत्रबाट मलाई नै उम्मेदवार बनाउँछ । मबाहेक अरुले यो क्षेत्रबाट चुनाव जित्न पनि सक्दैन ।’

स्थानीय तह निर्वाचनमा मानन्धरले केशव स्थापितलाई मेयर उम्मेदवार बनाएको विरोधमा सार्वजनिकरूपमै वक्तव्य दिएका थिए । उनीमाथि काठमाडौं १६ नम्बर वडामा कांग्रेस जिताउन खुलेर लागेको र नागार्जुन नगरपालिकामा समेत एमाले हराउन भूमिका खेलेको आरोप छ । मानन्धरले भने काठमाडौंका ११ मध्ये ९ वटा नगरपालिका हारेको दोष कसले लिने भन्ने प्रश्न उठाएका छन् । उनले आफ्नो क्षेत्रमा एमालेले राम्रो नतिजा ल्याएको दाबीसमेत गरे ।

चुनावका बेला मानन्धर प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस उम्मेदवार सिर्जना सिंह र प्रकाशमान सिंहसहितसँगको फोटो सार्वजनिक भएको थियो । मानन्धर कांग्रेसबाट चुनाव लड्ने चर्चासमेत चलिरहेका बेला उनले तत्काल आफू एमालेमै रहेको र एमालेबाटै चुनाव लड्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...

च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...