सुदुरपश्चिममा रित्तियो माधव नेपालको नेकपा एस



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले आफूलाई बलियो दाबी गरेको सुदुरपश्चिमको गढ आजबाट भत्किने भएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका साँसदसहित पार्टीका प्रदेश अध्यक्ष नै एमाले प्रवेश गर्ने भएपछि नेकपा एसको गढ भत्किने भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुरमा आयोजना हुने विशाल जनसभामा एसका नेताहरुलाई एमालेमा प्रवेश गराउनुहुनेछ । एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार एसकी केन्द्रीय सदस्य एवं प्रतिनिधीसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदेश साँसद तारा लामा, सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रम शाही, बेदकोट गढी नगरपालिकाका पूर्व मेयर अशोक चन्दलगायतका नेताहरु एमाले प्रवेश गर्दैहुनुहुन्छ ।

त्यसैगरी कैलालीबाट पनि काङ्ग्रेस,माओवादी, नेकपा एस,जसपा,राप्रपाका प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश हुने कार्यक्रम रहेको एमाले कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...