जलविद्युत आयोजनाहरुलाई सहजीकरण गछौँ : मन्त्री यादव



हाम्रो इकोनोमि

 

 

वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने बताउनु भएको छ । आज मन्त्री यादव तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका पदाधिकारीहरुबीच मन्त्रालयमा भएको भेटघाट तथा छलफलका क्रममा मन्त्री यादवले वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

उक्त भेटघाट तथा छलफलका क्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका पदाधिकारीहरुले वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गरिदिन आग्रह गर्नु भएको थियो । पदाधिकारीले राख्नु भएका मागका विषयमा आफ्नो उपस्थिति वन तथा वातावरण मन्त्रालयका कर्मचारी र संस्थाका पदाधिकारीहरुबीच छलफल राखेर समस्या समाधान गरिने जानकारी दिनु भएको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...