पक्राउ परेका कर्मचारीको रिहाईको माग गर्दै वन कर्मचारीद्धारा आन्दोलन



हाम्रो इकोनोमि

 

 

 

वन तथा वातावरण मन्त्रालय अन्तरगतका बिभिन्न संङ्गठनहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । यही भदौँ २ गते सुर्खेत स्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ पर्नु भएका ५८ वर्षीय धनीराम लामिछानेको मृत्यु भएपछि कर्तव्य पालना गर्ने कर्मचारीहरुलाई प्रशासनले निगरानीमा लिएको भन्दै नेपाल वन प्राबिधिक संघ, फेरेष्ट टेक्निसियन इसोसियसन अफ नेपाल तथा जुनियर वन प्राबिधिक संघले आफ्ना आन्दोलनका कार्यक्रमहरु अघि सारेका हुन् ।

ती संङ्गठनहरुले एक विज्ञप्ति प्रकासित गर्दै कर्तव्य पालनाको सिलसिलामा प्रशासनले निगरनीमा लिएका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर शन्तोष खत्री, वन रक्षक पिउषराज तिवारी तथा सुरेन्द्र रानालाई कार्यक्षेत्रमा अविलम्ब फिर्ता पठाउन माग गरेका छन् । यसैगरी उक्त विज्ञप्तिमा यही भदौ १३ गते कालो पट्टी बाधेर बिरोध जनाउने, १४ गते वन विभाग र सबै प्रदेशका डिभिजन वन कार्यालयमा तालाबिन्द गर्ने तथा १५ गते सिङ्हदरवार घेराउ गर्ने कार्यक्रम अघि सारेका छन् । वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ पर्नु भएका ५८ वर्षीय लामिछानेले आत्महत्या गरेको बिभिन्न तत्थ्य र प्रमाण हुँदा हुँदै पनि निर्दोश कर्मचारी पक्राउ गर्नु गलत भएको भन्दै पक्राउ परेका कर्मचारी तत्काल रिहा गरी कार्यक्षेत्रमा फिर्ता पठाउन आफुहरुको माग गरेको नेपाल वन प्राबिधिक संघका अध्यक्ष गायत्री कार्कीले बताउनुभयो ।
विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...