स्थानीय तहसम्म पुग्याे प्रेस चौतारी, गोदावरी नगर समिति गठन



हाम्रो इकोनोमि

 

 

 एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रुपमा गोदावरी नगर समिति गठन भएको छ । सोमबार चापागाउँमा प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश तामाङ र सचिवमा लक्ष्मण महर्जनलाई जिम्मेवारी दिइएको हाे ।

कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकारितासँगै पार्टी प्रचारको जिम्मेवारी पनि प्रेस चाैतारीसँग रहेकाे बताए। ‘पत्रकारलाई पार्टीले चुनाव आएपछि मात्र सम्झने बानी त्यागेर अरूबेला पनि सम्झने र विभिन्न कृयाकलापमा सहभागी गराइरहनुपर्ने आवश्यकता देखिन्छ’, उनले भने। समितिलाई छिटै नै पूर्णता दिइने प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले बताए।

प्रेस चौतारीले पहिलो पटक स्थानीय तहमा कमिटी गठन गरेकाे हो। यसअघि केन्द्र, प्रदेश र जिल्लामा मात्रै संरचना थिए। हालै सम्पन्न चौतारीको नवौँ महाधिवेशनबाट पारित विधानअनुसार हरेक पालिकामा समिति गठन गरिने निर्णय भएकाे हाे । ‘हामीले यही विधानलाई टेकेर देशमै पहिलो चौतारीको स्थानीय समिति निर्माण गरेका छौँ, इतिहास रचेको छाैँ’, अध्यक्ष आचार्यले भने।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...