स्थानीय तहसम्म पुग्याे प्रेस चौतारी, गोदावरी नगर समिति गठन



हाम्रो इकोनोमि

 

 

 एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रुपमा गोदावरी नगर समिति गठन भएको छ । सोमबार चापागाउँमा प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश तामाङ र सचिवमा लक्ष्मण महर्जनलाई जिम्मेवारी दिइएको हाे ।

कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकारितासँगै पार्टी प्रचारको जिम्मेवारी पनि प्रेस चाैतारीसँग रहेकाे बताए। ‘पत्रकारलाई पार्टीले चुनाव आएपछि मात्र सम्झने बानी त्यागेर अरूबेला पनि सम्झने र विभिन्न कृयाकलापमा सहभागी गराइरहनुपर्ने आवश्यकता देखिन्छ’, उनले भने। समितिलाई छिटै नै पूर्णता दिइने प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले बताए।

प्रेस चौतारीले पहिलो पटक स्थानीय तहमा कमिटी गठन गरेकाे हो। यसअघि केन्द्र, प्रदेश र जिल्लामा मात्रै संरचना थिए। हालै सम्पन्न चौतारीको नवौँ महाधिवेशनबाट पारित विधानअनुसार हरेक पालिकामा समिति गठन गरिने निर्णय भएकाे हाे । ‘हामीले यही विधानलाई टेकेर देशमै पहिलो चौतारीको स्थानीय समिति निर्माण गरेका छौँ, इतिहास रचेको छाैँ’, अध्यक्ष आचार्यले भने।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...