सहमतिमै उम्मेदवार छान्न अध्यक्ष ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पार्टीबाट सहमतिकै आधारमा उम्मेदवार छनोट गर्न निर्देशन दिएका छन् । निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै आइतबार अध्यक्ष ओलीले चुनाव गरेर उम्मेदवार नछान्न निर्देशन दिएका हुन् ।

तीन जनाको नाममा सहमति हुन सकेन भने पनि बरु सबै आकांक्षीको नाम संघमा पठाउन भन्दै ओलीले निर्देशन दिएका छन्, ‘तर क्षेत्रमै चुनाव नगर्नु ।’ उम्मेदवार छान्ने क्रममै चुनाव गर्दा मनमुटाव र पार्टीमा गुटबन्दी मौलाएको उनको भनाइ छ ।

उनले गठबन्धनका बिरुद्ध एक्लै लड्नुपर्ने भएकाले आफ्नै कमरेडहरुले निर्वाचन क्षेत्रमै मन दुखाउन पर्ने स्थिति आउन दिन नहुने बताए । एमाले आउँदो २२ गतेभित्रमा प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...