नागरिकता विधेयकबाट पछि हट्यो सत्तारुढ गठबन्धन



हाम्रो इकोनोमि

 

 

वर्तमान सरकार र सत्तारुढ गठबन्धन नागरिकता विधेयकबाट केही पछि हटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पारित गरे पनि राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

आज आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमै छलफल गर्नुपर्ने अडानमा रहेको सरकार र सत्तारुढ गठबन्धन केही पछाडि हटेसँगै उक्त विधेयक विधायन व्यवस्थापन समितिमा पठाउन सम्भव भएको हो ।

देशव्यापी रूपमा विरोध भइरहेको विधेक प्रतिनिधिसभाले दोस्रोपटक पारित गरिसकेको भए पनि राष्ट्रियसभामा सहमति खोज्न सकिने धारणा प्रमुख प्रतिपक्षी दलको पनि छ । तर, त्यसका लागि सरकारले नेकपा एमालेसँग पनि छलफल गर्नुपर्ने तर्क गर्दै आएको छ । उक्त विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदनसहित पुनः सभामा पेश गर्नेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बालाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...