जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नैपर्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी चुनाव हार्नै नमिल्ने बटमलाइन सुनाउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो । अध्यक्ष ओलीले परमादेशबाट हटनु परेकोले जनताको समर्थनबाट एमालेले जित्नै पर्ने बताउनु भयो । ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ। जनताको समर्थनबाट जित्नैपर्छ । एमालेले चुनाव हार्न मिल्दैन,’ केन्द्रीय सदस्यहरुलाई सम्बाधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो । इतिहासका निर्माता जनता हुन् भनेर बुझ्नुपर्ने पनि ओलीको भनाई छ ।

‘एमाले विजयको यात्रामा लम्किनुपर्छ । यस्तो बेलामा हाम्रो अगाडि संघ र प्रदेशको निर्वाचन हुँदैछ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन प्रभावकारी भुमिका खेल्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले समृद्ध नेपाल  सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको स्पष्ट पार्दै थप्नुभयो, ‘जतिसुकै घेराबन्दी भएपनि हामीले चुनाव जित्नैपर्छ ।’

शनिवारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन समेत दिनुभएको छ । केन्द्रीय कमिटीको बैठकमा ११ वटा एजेन्डा प्रस्तुत भएको छ । चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको शपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने पनि एजेन्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...