डोजर चलाउन रहर भए सिकेर आउनुस् : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को पछिल्ला कार्यप्रति टिप्पणी गरेका छन् । मेयर बालेनले पछिल्ला दिन अनाधिकृत संरचना भत्काउन आफैं उपस्थित भएर अघि सरिरहेका छन् । त्यसै विषयमा नेता बस्नेतले कटाक्ष गरेका हुन् ।

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले फेसबुकमा लेखेका छन् । बिहीबार अल्फाबिटाको भवन भत्काउने क्रममा सञ्चालकसँग भनाभन भएको थियो । त्यसक्रममा मेयर बालेनले कार्यालय पुगेर नक्सा लिएर आएका थिए ।

बस्नेतले बालेनलाई डोजर चलाउने रहर भए सिकेर आउन पनि सुझाएका छन् । उनले लेखेका छन्, ‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला ।’

त्यस्तै, २, ४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि बस्नेतले बालेनलाई आग्रह गरेका छन् । ‘विगतका यस्ता २,४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका बिरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले अगाडि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...