एउटै व्यक्ति कतिपटक उठने भन्ने बहसले एमालेमा खैलाबैला



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार सम्बन्धी मापदण्डमाथि छलफल चलिरहँदा एउटै व्यक्ति कति पटकसम्म चुनाव लड्ने भन्ने वहस भएको छ । उम्मेदवारका प्रस्तावित मापदण्डमाथि विहीवारको पोलिटव्युरो बैठकमा छलफल हुँदा कतिपय व्यक्ति २०४३ सालदेखि चुनाव लड्दै आएका भन्दै एउटा व्यक्तिलाई कतिपटक पार्टीले टिकट दिने भन्ने प्रश्न उठेको हो । तत्कालीन नेकपा मालेले पञ्चायतकालीन चुनावमा जनपक्षीय उम्मेदवार उठाउने नीति अनुसार जागृत प्रसाद भेटवाल,पद्मरत्न तुलाधर,गोविन्दनाथ उप्रेती सोमनाथ प्यासी अधिकारी लगायतका व्यक्ति राष्ट्रिय पञ्चायत (तत्कालीन संसद)मा जितेका थिए ।

एमाले बैठकमा एउटा व्यक्तिले लगातार कतिपटक उम्मेदवार बन्ने र अपवादका रुपमा कसलाई राख्नेभन्ने बारे पनि मापदण्ड बनाउन उपयुक्त हुने सुझाव आएको स्थायी कमिटी सदस्य खिमलाल भट्टराईले बताए । तर निरपेक्ष रुपमा एउटा व्यक्ति यतिपटक उठ्ने ,समानुपातिक दोहोरिन नपाउने र राष्ट्रियसभा सदस्यलाई राजीनामा गराएर प्रतिनिधिसभामा नउठाने भन्ने कुरा बैठकमा नआएको उनले बताए ।

भट्टराईले भने–निरपेक्ष रुपमा यतिपटक भन्ने होइन प्रत्यक्ष निर्वाचित हुनेमा पनि एउटै व्यक्ति कतिपट उठाउने भन्ने हो । तर कतिपय नेता,कतिपय व्यक्तिको लोकप्रिय र आवश्यकता हेरिन्छ । राष्ट्रियसभामा भएकै व्यक्ति तल गएर चुनाव लड्दामात्र पार्टीलाई फाइदा हुने अवस्था पनि हुन्छ । त्यसैले कुनै मापदण्डमा निषेध हुन्न ।

एमालेभित्र स्थानीय तह निर्वाचनमा पराजित भएका तथा राष्ट्रियसभा सदस्य रहेकालाई चुनावमा टिकट नदिन दबाब छ । त्यस्तै हाल समानुपातिकमा रहेकालाई सोही कोटामा दोहोरिन नदिन पनि आवाज उठेको छ । आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको मापदण्डमाथि छलफल गरी पारित गर्ने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...