एउटै व्यक्ति कतिपटक उठने भन्ने बहसले एमालेमा खैलाबैला



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार सम्बन्धी मापदण्डमाथि छलफल चलिरहँदा एउटै व्यक्ति कति पटकसम्म चुनाव लड्ने भन्ने वहस भएको छ । उम्मेदवारका प्रस्तावित मापदण्डमाथि विहीवारको पोलिटव्युरो बैठकमा छलफल हुँदा कतिपय व्यक्ति २०४३ सालदेखि चुनाव लड्दै आएका भन्दै एउटा व्यक्तिलाई कतिपटक पार्टीले टिकट दिने भन्ने प्रश्न उठेको हो । तत्कालीन नेकपा मालेले पञ्चायतकालीन चुनावमा जनपक्षीय उम्मेदवार उठाउने नीति अनुसार जागृत प्रसाद भेटवाल,पद्मरत्न तुलाधर,गोविन्दनाथ उप्रेती सोमनाथ प्यासी अधिकारी लगायतका व्यक्ति राष्ट्रिय पञ्चायत (तत्कालीन संसद)मा जितेका थिए ।

एमाले बैठकमा एउटा व्यक्तिले लगातार कतिपटक उम्मेदवार बन्ने र अपवादका रुपमा कसलाई राख्नेभन्ने बारे पनि मापदण्ड बनाउन उपयुक्त हुने सुझाव आएको स्थायी कमिटी सदस्य खिमलाल भट्टराईले बताए । तर निरपेक्ष रुपमा एउटा व्यक्ति यतिपटक उठ्ने ,समानुपातिक दोहोरिन नपाउने र राष्ट्रियसभा सदस्यलाई राजीनामा गराएर प्रतिनिधिसभामा नउठाने भन्ने कुरा बैठकमा नआएको उनले बताए ।

भट्टराईले भने–निरपेक्ष रुपमा यतिपटक भन्ने होइन प्रत्यक्ष निर्वाचित हुनेमा पनि एउटै व्यक्ति कतिपट उठाउने भन्ने हो । तर कतिपय नेता,कतिपय व्यक्तिको लोकप्रिय र आवश्यकता हेरिन्छ । राष्ट्रियसभामा भएकै व्यक्ति तल गएर चुनाव लड्दामात्र पार्टीलाई फाइदा हुने अवस्था पनि हुन्छ । त्यसैले कुनै मापदण्डमा निषेध हुन्न ।

एमालेभित्र स्थानीय तह निर्वाचनमा पराजित भएका तथा राष्ट्रियसभा सदस्य रहेकालाई चुनावमा टिकट नदिन दबाब छ । त्यस्तै हाल समानुपातिकमा रहेकालाई सोही कोटामा दोहोरिन नदिन पनि आवाज उठेको छ । आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको मापदण्डमाथि छलफल गरी पारित गर्ने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...