बालेनविरुद्ध आन्दोलन गर्ने साना व्यवसायीको तयारी



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिको पछिल्लो गतिविधिबाट आफूहरू मारमा परेको भन्दै साना व्यवसायीहरूले आन्दोलनको तयारी गरेका छन् । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौंका मेयर बालेन्द्र साह आफैं मैदानमा खटिएका छन् । मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको आरोप छ । महानगरको गतिविधि समीक्षा गर्दै थप रणनीति बनाउन उद्योग वाणिज्य संघको आपतकालीन बैठक बोलाइएको छ । उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले काठमाडौंमा बालेनले ‘आतंक’ नै मच्चाएकाले आपतकालीन बैंठक बोलाएको बताए ।

उनले भने, ‘बेसमेन्टमा पार्किङ नै गर्नुपर्छ भन्ने कुनै कानुनी व्यवस्था छैन । घरधनी र व्यवसायीबीच सम्झौता हुँदा महानगरले केही पनि भनेन । तर, अहिले घरधनी र महानगरको झगडाको असर व्यवसायीमा परिहेको छ । बालेन पनि इन्जिनियर पढेको व्यक्ति राजनीतिमा आएका छन् । इन्जिनियर मान्छे राजनीतिमा आउन पाइन्छ कि पाइँदैन भनेर कतै उल्लेख छैन । हो, त्यसैगरी बेसमेन्टमा के हुनुपर्ने भन्ने कुनै कानुनी व्यवस्था नै छैन । ट्राफिकको डीआइजी नै लिएर बालेन के कारणले व्यवसाय नै बन्द गराउँदै हिँडेका हुन् ?’ उनले यसबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...