बालेनविरुद्ध आन्दोलन गर्ने साना व्यवसायीको तयारी



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिको पछिल्लो गतिविधिबाट आफूहरू मारमा परेको भन्दै साना व्यवसायीहरूले आन्दोलनको तयारी गरेका छन् । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौंका मेयर बालेन्द्र साह आफैं मैदानमा खटिएका छन् । मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको आरोप छ । महानगरको गतिविधि समीक्षा गर्दै थप रणनीति बनाउन उद्योग वाणिज्य संघको आपतकालीन बैठक बोलाइएको छ । उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले काठमाडौंमा बालेनले ‘आतंक’ नै मच्चाएकाले आपतकालीन बैंठक बोलाएको बताए ।

उनले भने, ‘बेसमेन्टमा पार्किङ नै गर्नुपर्छ भन्ने कुनै कानुनी व्यवस्था छैन । घरधनी र व्यवसायीबीच सम्झौता हुँदा महानगरले केही पनि भनेन । तर, अहिले घरधनी र महानगरको झगडाको असर व्यवसायीमा परिहेको छ । बालेन पनि इन्जिनियर पढेको व्यक्ति राजनीतिमा आएका छन् । इन्जिनियर मान्छे राजनीतिमा आउन पाइन्छ कि पाइँदैन भनेर कतै उल्लेख छैन । हो, त्यसैगरी बेसमेन्टमा के हुनुपर्ने भन्ने कुनै कानुनी व्यवस्था नै छैन । ट्राफिकको डीआइजी नै लिएर बालेन के कारणले व्यवसाय नै बन्द गराउँदै हिँडेका हुन् ?’ उनले यसबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...