नेकपा एसका प्रदेश अध्यक्ष नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

चुनावको मिति नजिकिएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पहिरो जान सुरु भएको छ । एमालेबाट बिद्रोह गरेको भन्दै पार्टी खोल्नुभएका माधवले एक बर्ष नपुग्दै नेकपा माओवादी केन्द्रमा बिलय गराउने भित्री योजना बनाएको तथ्य खुलेपछि सो पार्टी छाडने क्रम बढेको हो ।

 

 

यही क्रममा नेकपा एकीकृत समाजवादीका सुदुरपश्चिम प्रदेशका अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्याग गर्नुभएको छ । अध्यक्ष शाहीले सामाजिक सञ्जालमार्फत सो पार्टी पत्यिाग गरेको घोषणा गर्नुभएको हो । माधवले माओवादीमा पार्टी बिलय गराउने र कांग्रेसको नीति र नेतृत्व स्वीकार गरेर मुलुकको कम्युनिष्ट आन्दोलन सकाउने भित्री योजना बनाएको जानकारी पाएपछि शाही यो निश्कर्षमा पुग्नुभएको हो ।

 

शाहीले पुनर्गठनको नाममा माधवलाई साथ दिएर आत्मग्लानी भएको बताउनु भएको छ । २०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो । त्यस्कोपछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ, शाहीले लेख्नुभएको छ ।

 

शाहीको भनाई जस्ताको तस्तै

२०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो । त्यस्कोपछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ । बिगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिएँ भने आजका मितिदेखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...