पल शाहको मुध्दा टुङ्ग्याउने आज पालो



हाम्रो इकोनोमि

 

 

गायिका समीक्षा अधिकारीलाई उमेर नपुग्दै बलात्कार गरेको अभियोगअन्तर्गत पुर्पक्षको निम्ति दमौली जेल पुर्याइएका अभिनेता पल शाहको मुद्दाको आज पेशी चढेको छ । तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा दायर भएका दुई छुट्टाछुट्टै मुद्दामध्ये कावासोतीमा मुद्दाको पेशी आज चढ्न लागेको हो । उमेशप्रसाद लुइँटेल त्यहाँ न्यायाधीश हुनुहुन्छ भने भर्खरै न्याय परिषदबाट नयाँ पोष्टिङ भएपछि पूर्वी नवलपरासी गएका आचार्य श्रीमानले पनि हिजो उक्त मुद्दाबारे जिज्ञासा राख्नुभएको स्रोतको दाबी छ । तर आजको पेशी शाहका वकिलहरुले हटाउन सक्ने सम्भावना पनि उत्तिकै छ । ‘न्यायाधीश भर्खर आउनुभएको छ,सम्भवतः अर्को पेशीमा यो मुद्दाको टुंगो लाग्न सक्छ,’ स्रोतले भन्यो ।

हालसम्मको बयान र साक्षी बुझ्ने क्रममा शाहले बलात्कार गरेको प्रमाणको रुपमा समीक्षाले प्रारम्भमा लगाएको आरोपबाहेक अरु केही नभएको अदालत स्रोतले बताएको छ । समीक्षा र उनका अभिभावकले समेत पछिल्लो बकपत्रमा ‘बलात्कार भएको होइन’ भनेपछि घटनाक्रमले नयाँ मोड लिएको हो । स्रोत भन्छ, ‘प्रमाणको रुपमा केही छैन । अर्कोतर्फ न्यायपरिषद्ले भटाभट कारवाही गरेकाले न्यायाधीशहरु मुद्दा छिनोफानो गर्न हिच्किचाएका मात्रै हुन् । प्रायः चर्चामा आएका मुद्दामा परिषद्को पछिल्लो कारवाहीले असर पारेको छ ।’

उक्त मुद्दालाई नजिकबाट अध्ययन गर्दै आएको सरकारी वकिल कार्यालयका वकिलहरु पनि सबै काम सहमतिमा भएको तर केही वर्षपछि आरोप लगाइएको भन्न थालेका छन् । जिल्ला अदालतमा रहेका दुई जना न्यायाधीशमध्ये पुराना उमेश लुईंटेल हुनुहुन्छ भने नयाँ न्यायाधीश आचार्य खुल्लाबाट नियुक्त भएपछि हालैमात्र त्यहाँ पुग्नुभएको हो ।

वकिलहरुले भनेका छन्,‘प्रमाण केही नभएकाले श्रीमानहरुले आँट गर्ने हो भने मुद्दाको छिनोफानो हुन धेरै समय लाग्दैन । बलात्कारको आरोप लगाएकी समीक्षाले पनि शाहलाई थुनाएर केही नआउने महसुस गरेकी छन् । बकपत्रकै क्रममा उनले त्यस्तो संकेत गरेकी हुन् ।’

 

अदालतमा बकपत्र गर्ने बेलामा अधिकारीका बाबुआमा चप्पल लगाएर पुगेका थिए । देख्दै विपन्न परिवारका उनीहरुले आफूहरुलाई केही थाहा नभएकाले त्यतिबेला कुरै नबुझी कागज गरेको बताएका छन् । ‘को को आए, लौ यसमा ल्याप्चे लगाइदेउ भने । हामीले लगाइदिएका मात्रै हौं । त्यसरी कागजमा ल्याप्चे लगाउन भन्दै घरमा आएकाहरु अहिले सबै तितरबितर भएका छन्,’ अधिकारीका बाबुुआमाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

यता,अनुहार र स्वर दुबै राम्रो भएकी ती गायिकाको पनि बजार सुकेको छ । अघिल्लो वर्षसम्म गीत र म्युजिक भिडियोमा महिनाको लाखौं कमाउँदै आएकी उनको हातमा सुको पर्न छाडेको छ । ‘अरुले उचाले,छोरीको बदनाम गराइदिए । छोरीको भविश्य बिग्रियो । मुद्दा लगाएपछि ती सबै लाखापाखा लागे । हाम्रो बर्बाद भयो, हुँदै नभएको कुरोलाई उछालेर अरुले स्वार्थको काम गरे,’ बकपत्र गर्न अदालत पुगेका बेला समीक्षाका पिताले वकिलहरुसँग यस्तो बताएका छन् । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...