गृहमन्त्रीका पिएसओ नै सुन तस्करीमा



हाम्रो इकोनोमि

 

 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई) टंक कार्की सुन तस्करी विवादमा मुछिनुभएको छ । तस्करीको सुन लुकाएको आरोपमा उहाले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आरोप लागेको छ ।

त्यससम्बन्धि उजुरी परेपछि उहाँमाथि छानबिन सुरु भएको छ । कार्कीलाई पीएसओको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभयो। डिएसपीको नेतृत्वमा उनीमाथि छानबिन थालिएको छ । गत गत असारमा दुबईबाट आएका पाँच व्यक्तिले ५० ग्रामका दरले ल्याएको सुन फिर्ता नगरेपछि भएको विवादमा गृहमन्त्रीका पिएसओ जोडिनुभएको हो ।

जसमा उहाँले चितवनका एक व्यक्तिलाई पक्राउ गरी त्यो सुन बराबरको पैसा फिर्ता दिन दबाब दिनुभएको हो । करिब २० लाख रुपैयाँ बराबरको तस्करीको सुन चार जनाले गायब बनाएपछि तस्करका नाइकेले गृहमन्त्रीका पिएसओ कार्कीलाई प्रयोग गरी सार्वजनिक मुद्दामा थुनाएर पैसा असुल गर्नुभएको हो । तर, सुन तस्करी गर्ने व्यक्तिमाथि छानबिन सुरु भएको छैन ।

सुन तस्करीको भएकाले कतै उजुरी पनि नपर्ने भन्दै दुबईबाट आएका युवकहरुले गायब बनाउन खोजेको आरोप छ । तर, तस्करीमा संलग्न समूहको प्रहरी अधिकारीसँग समेत सेटिङ भएकाले उनीहरुले यसरी थुनाएर पैसा असुल्न खोजेका हुन् । यो घटनामा गौशाला वृत्तका तत्कालिन डिएसपी केशब भट्टराई पनि छानबिनमा तानिने प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...