५० हजार ऋणमा १२ लाखको तमसुक बनाउने अनिरुद साह पक्राउ



हाम्रो इकोनोमि

 

 

महोत्तरीको भंगहा नगरपालिकाका नामुद मिटरब्याजी अनिरुद शाह पक्राउ परेका छन् । ५० हजार ऋण दिएर १२ लाखसम्मको तमसुक बनाएका शाह भदौ ३ गते साँझ भंगहा नगरपालिकाबाट पक्राउ परेको महोत्तरी जिल्लाका एसपी कृष्ण पंगेनीले नेपालप्रेसलाई बताए । पंगेनीका अनुसार अनिरुदविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्जनौं उजुरी परेका छन् । कसैले जाहेरी हालेका छन् भने कसैले निवेदन हालेका छन् । पंगेनीले भने, ‘अब उनीविरुद्ध ठगी मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।’

मिटरब्याज पीडित मोहन महतोका अनुसार अनिरुदबाट जिल्लाभरिमा करिब दुई सयभन्दा बढी पीडित छन् । १२ वर्षअघि दुई लाख रुपैयाँ लिएका मोहन स्वयंले ६ लाख ३० हजार बुझाउँदा पनि आफ्नो पाँच कठ्ठा जमिनको लालपुर्जा फिर्ता पाएका छैनन् ।

महतोसँगै पीडितहरु संजीलादेवी, राजनारायण यादव, जगन्नाथप्रसाद सिंह, वासिरा खातुन, समधुदेवी दोनुवार्नी, रीनाकुमारी, योगेन्द्रप्रसाद चौधरी, धनेश्वर महतो, वीरेन्द्र यादव, प्रकाश मण्डल, मालतीदेवी धानुक, वीरेन्द्र सदा मुसहर, शिवा सदा, गंगा साह ललवारलगायतले केही महिना पहिले अनिरुदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि भागेका अनिरुद भदौ ३ गते भंगहामा मिटरब्याजको पैसा उठाउँदै गर्दा पक्राउ परेको पीडित महतोले बताए । उनले भने, ‘सुदखोर पक्राउ परेपछि न्याय पाइन्छ कि भन्ने आश छ । तर, हाम्रो जग्गाको लालपुर्जा फिर्ता पाइएला भन्ने कुरामा अझै पनि शंका छ ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...