मैदानमा उत्रिने तयारीमा यज्ञराज सुनुवार



हाम्रो इकोनोमि

 

 

मंगसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा भए संगै ओखलढुंगा जिल्लाको एमाले राजनीतिमा विभिन्न नेताहरुको सम्भावित उम्मेद्वारीका वारेमा चर्चा परिचर्चा सुरु भएको छ । २०७४ सालको प्रतिनिधी सभा तथा प्रदेस क्षेत्र १ मा जितेको नेकपा एमालेका नेताहरु अहिले प्रदेस क्षेत्र नं २ मा सक्रिय भएर उम्मेद्वारी दौडमा लागे संगै जिल्लाको राजनीतिमा तरंग पैदा भएको छ।

ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार तेश्रो इनिङका लागि मैदानमा उत्रिने तयारी गरे संगै तरंगित बनेको जिल्लाको राजनीतिमा प्रदेस क्षेत्र नं २ को उम्मेद्वारी दौडमा पुराना नेता केदारराज पुडासैनको प्रवेस संगै थप बहस सुरु भएको छ । चम्पादेवी गाउँपालिका वडा नं ९ का स्थायी बासिन्दा तथा मतदाता रहेका पुडासैनीले प्रदेस सभा क्षेत्र नं २ मा उम्मेद्वारी दावीका लागि आन्तरिक परामर्श र छलफललाई तीव्र बनाए संगै नेकपा एमालेका स्थानीय कमिटीहरुमा पनि नयाँ बहस सुरु भएको जिल्ला कमिटीका एक सदस्यले बताएका छन।

आन्तरिक किचलो र बेमेलका कारण स्थानीय तहको निर्वाचनमा लजास्पद पराजय भोग्न बाध्य बनेको नेकपा एमाले ओखलढुंगा क्षेत्र नं २ मा नयाँ नेतृत्वको आवस्यकता रहेको भन्दै ति नेताले पुडासैनीको उम्मेद्वारी दावीले स्थानीय कमिटीहरु उत्साहित बनेको टिप्पणी गरेका छन। प्रदेस सभा सदस्य दावी गर्नेहरुको दौडमा रहेका नेकपा एमाले केन्द्रीय सम्पर्क समन्वय समितिका सचिवालय सदस्य केदारराज पुडासैनी ओखलढुंगा काठमाण्डौ सम्पर्क मंचका पुर्व अध्यक्ष हुन्।

त्रिभुवन विश्वविध्यालयमा विधावारिधी सोधरत रहेका उनले प्रगतिशील प्राध्यापक संघमा समेत लामो समय योगदान पुर्याउनुका साथै करिव २ दशक भन्दा बढी प्राध्यापन क्षेत्रमा विताएका छन। ओखलढुंगा जिल्लाको बामपन्थी आन्दोलनमा चार दशक भन्दा बढी समय योगदान पुर्याएका पुडासैनी निजि तथा आवासीय विध्यालय संगठन काठमाडौं ९एब्द्यक्इप्० का संस्थापक अध्यक्ष तथा पुष्पलाल बहुमुखी क्याम्पसका संस्थापक समेत हुन।

नेकपा एमाले ओखलढुंगाका केहि प्रभावशाली नेताहरु र स्थानीय कमिटीहरु संगको सघन छलफलमा रहेका पुडासैनीले प्रदेस सभा क्षेत्रका चार वटै पालिकाका स्थानीय नेताहरु संगको अन्पतरक्छीरिया औपचारिक रुपमा उम्मेद्वारी दावीको घोषणा गर्ने तयारी गरेका छन।

लिखु,चम्पादेवी,सुनकोशी र मानेभन्ज्याङ्ग गाउँपालिकाका ३८ वटा वडा रहेको यस प्रदेस निर्वाचन क्षेत्रमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले कुल १७,११७ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले कुल १५,६५७ मत प्राप्त गरेका छन। वडा अध्यक्षहरुले प्राप्त गरेको मतका अनुसार यस क्षेत्रमा नेपाली कांग्रेस नेकपा एमाले भन्दा १४६० मतले अगाडी रहेको छ।

निर्वाचन आयोगको मतपरिणाममा उल्लेख भए अनुसार यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले कुल २५४४ मत प्राप्त गरेका छन भने नेकपा एसले २६८ मत प्राप्त गरेको थिए। यस निर्वाचन क्षेत्रका तिन स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेस र एक तहमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन भने दुई वटा पालिकामा उपप्रमुख नेपाली कांग्रेसले जितेको छ। यस प्रदेस सभा निर्वाचन क्षेत्रका दुई पालिकाका उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...