झलनाथ र विष्णु पौडेलको जम्काभेट



हाम्रो इकोनोमि

 

 

आइतबार पार्टी कामका लागि रुपन्देही आएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलको जम्काभेट मात्रै भएन पार्टी एकताका लागि पहल गर्न एकले अर्कोलाई प्रस्तावसम्म गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा खनाल र पौडेलले विमानस्थलको विशिष्ट कक्षमा भएको भेटमा साक्षी रहेका नेकपा एसका केन्द्रीय सदस्य डाक्टर बालकृष्ण चापागाईले दुवै नेताहरूलाई पार्टी एकताको अभियान थाल्नुहोस्, भनेर प्रस्ताव गरेपछि दुवैजना मुसुमुसु हाँसेका थिए ।

चापागाईँको प्रस्तावपछि नेता खनालले रहरको विभाजन नभएकाले एकताको पहल गर्न नेता पौडेललाई भनेका थिए । चापागाईँ भन्छन्, ‘मैले प्रस्ताव राखेपछि झलनाथ कमरेडले एकताको पहल गर्न विष्णु कमरेडलाई भन्नुभयो, रहरको विभाजन नभएकाले मिलाउने पहल गर्नुहोस् भनेपछि एकछिन दुवैजना हाँस्नुभयो, अनि विष्णु पौडेलले यो अभियान मैले नै सुरू गर्नुपर्ला है भन्नुभएको हो ।’

चापागाईँका अनुसार विमानस्थलमा भएका अन्य कार्यकर्ताको भाव पनि एकताको लागि पहल होस् भन्ने मनसायका भएकाले नेताहरूको भाव पनि त्यो खालको आएको हो । माओवादीसँगको एकताका सूत्रधारसमेत पौडेल भएकाले खनालले यस्तो प्रस्ताव गरेको हुनसक्ने त्यहाँ सहभागी नेताहरूले बताएका छन् ।

खनाल एमालेका पूर्वअध्यक्षसमेत हुन् । एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि खनाल र पौडेलको बाटो अलग भएको थियो । खनालले बेलाबेला एमालेसँगको सहकार्यका कुरा गर्दै आएका छन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले सत्ता गठबन्धनबाटै आफू अन्तिम पटक इलाम १ बाट चुनाव लड्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...