जनताको घर घरमा पुग्ने र उनीहरुका दुःख बुझने असली नेता हो : अध्यक्ष नेपाल



हाम्रो इकोनोमि

 

 

 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकको सेवा गर्छु भनेर नेता बनिसकेपछि नागरिकका घर घरमा पुग्ने तथा उनीहरुको सुख दुःखका बारेमा जानकारी लिनु पर्ने बताउनु भएको छ । जनताको घर घरमा पुगेर उनीहरुका दुःख बुझने नै असली नेता भएको उहाँको भनाई थियो । आज शनिवार नेकपा (एकीकृत समाजवादी पार्टी) सर्मथक डोटी काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले नेताले जनताका दुःखलाई आफ्ना दुःख सम्झेर काम गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेता भनेका सबैका साझा हुन्, जनताले भोग्नु परेका पीडालाई आफ्नो पीडा सम्झेर काम गर्नु सक्नु नै नेताको प्रमुख दायित्व हो ।”

यसैगरी अध्यक्ष नेपालले नेता हुनका लागि बिभिन्न दुःख कष्ट सहन गर्न सक्नु पर्ने भएकाले एकीकृत समाजवादीका नेताहरुले आफ्ना दुःख भुलेर भएपनि जनहितमा काम गर्न आग्रह गर्नुभयो । नेताले म भन्नु भन्दा पनि हामी भनेर काम गरे देश, नागरिक तथा पार्टीका लागि हितकारी हुने समेत अध्यक्ष नेपालले बताउनुभयो । अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि आफ्नो पार्टीले उम्मेदवारहरुको नामावली तयारी गरीरहेको जानकारी गराउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “हामी उम्मेदवारको नामावलीको तयारीमा छौँ, सम्भवतः भदौँ २० गते सम्म सबै नाम सार्वजनिक गर्छौँ ।” यसैगरी उहाँले आगामी निर्वाचनमा गठबन्धनका सबै दललाई उचित तथा सम्मान हुने खालको सिटबाडफाड हुने बिश्वास व्यक्त गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै निर्वतमान मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य प्रेमबहादुर आलेले आफु डोटेली जनताको विकास र हितका लागि नेता भएकाले आफु पदमा रहेका बेला देश र जनताकै हितमा काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “देश र जनताको हित र विकासका लागि म नेता भएको हुँ, मैले पदमा रहदा देश र जनताकै पक्षमा काम गरेको छु, मैले कति काम गरेको छु भन्ने कुरा जनताले प्रतक्ष देखेका छन् ।”

यसैगरी निर्वमान मन्त्री आलेले आफु डोटेली जनताका घर घरमा पुगेको र उनीहरुका सुख दुःखका विषयमा प्रतक्ष रुपमा जानकारी लिएकाले डोटेली जनताले आफुलाई पटक पटक निर्वाचित गराउदै आएको दावी समेत गर्नुभयो । आलेले भन्नुभयो, “म डोटीका जनताका घर घरमा पुगेको छु, उनीहरुका दुःख के हुन मैले बुझेको छ, डोटेली जनताको दुःखमा मलहम लगाउने जिम्मा मेरो काधमा छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै निर्वतमान मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य आलेले सुदूरपश्चिमको धनगढी स्थित गेटा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि आफु मन्त्री भएका बेला बजेट विनियोजन गराउन सफल भएकाले अबको पाँच वर्ष भित्रमा उक्त विमानस्थल अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण हुने जिकिर गर्नुभयो ।

यसैगरी पूर्वमन्त्री आलेले कैलाली, बिपीनगर, गड्सेरा, दिपायल, बझाङ हुँदै उरैताक्लाकोट जोड्ने सडक निर्माण कार्य सञ्चालनसँगै कालोपत्र गराएरै छोड्ने बताउनुभयो । उहाँले घुमाउरो सैलिमा डोटेली जनताको माग आफुलाई नै केन्द्रमा पठाउने भएकाले आगामी मंसिर ४ गतेको निर्वाचनमा डोटीबाट संघिय निर्वाचनको उम्मेदवार आफुनै रहेको जानकारी गराउनुभयो । उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्या गरी कम्तिमा पनि एक सय जना भन्दा बढीले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेको डोटी काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

विमल विष्ट

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...