रौतहट–काठमाडौं सम्पर्क मन्चको भेला सम्पन्न



हाम्रो इकोनोमि

 

 

 

नेपाल कम्युनिष्ट पार्टी एमाले रौतहट–काठमाडौं सम्पर्क मन्चको भेला काठमाडौंमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाबाट रौतहट–काठमाडौं सम्पर्क मन्च क्षेत्र नं. १ को अध्यक्षमा शैलेन्द्रकुमार यादव, क्षेत्र नं. २ को अध्यक्षमा उदय जयसवाल, क्षेत्र नं. ३ को अध्यक्षमा डा. अरुणकुमार साह र क्षेत्र नं. ४ को अध्यक्षमा ईन्दल साह रहने गरी ७५ सदस्यीय कमिटी गठन भएको छ ।

सदस्यहरुमा लक्ष्मण धिताल, सुरेश श्रेष्ठ, सजीत चौधरी, नरेश मगर, गोविन्द श्रेष्ठ, गोविन्द कटुवाल, सुचिन्द्र थापा, बिजय भट्टराई, सानु लामा, उमेश घिमिरे रहेका छन् । यसैगरी राम सुरत चौधरी, दिपेन्द्र चौधरी, शेख सफरुदिन, देवेन्द्र साह, रमेश कुश्वाहा, बिन्दलाल साह, रामनरेश ठाकुर, फिरोज चौरसिया, अर्जुनप्रताप पटेल लगायतका रहेका छन् ।

भेलाको उदघाटन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनको तयारीमा जुटन निर्देशन दिए । पाँच दलीय गठबन्धनको सरकारले देशलाई कंगाल बनाउन लागेको आरोप लगाउदै उनले देशलाई समृद्ध बनाउनका लागि आगामी निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार निर्माण हुने गरी निर्वाचनको तयारीमा जुटनुपर्ने आवश्यक्ता रहेको बताए ।

यसैगरी एमाले स्थायी कमिटीका सदस्य एवं पूर्वमन्त्री प्रभु साहले आगामी निर्वाचनबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार बन्ने ठोकुवा गरेका छन् । ४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट केन्द्र र प्रदेशमा एमालेको बहुमतको सरकार बन्ने निश्चित रहेको दावी साहले गरेका छन् । भेलामा बिभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...