महान जनयुद्ध भनेर १७ हजार मान्छे मारेको ओलीको आरोप



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा मारिएका सहिदको सट्टा जाँड खाएर मरेका नेताका आफन्तको शालिक बनाइएको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

‘हिजो महान जनयुद्ध भनेर होमिएका लडाकु कहाँ छन ? हिजो स्कुल छाडेका कहाँ छन् ? हातखुट्टा भाँचिएका कहाँ छन ? तीनलाई कहिल्यै सम्झ्या छ ?,’ उनले भने, ‘ती सहिदको सालिक बन्या छ ? जाँड खाएर मरेकाको शालिक बनेको छ । युद्धमा मरेकाको शालिक बनेको छ ?’

महान जनयुद्ध भनेर १७ हजार मान्छे मारेको उनले आरोप लगाए । उनले भने, ‘युवाहरूलाई भड्खालामा हाल्यो, उचाल्यो, उल्कायो, कतिको ज्यान गयो, कतिको अंगभंग भयो’, उनले भने, ‘कति परिवार बेहाल भयो छोराछोरी मरे आमाबाबु मरे । ध्वस्त पारेपछि आज कहाँ छन लडाकू ?’ माओवादीले चुनावमा फेरी जनतालाई ढाँटेर मत लुट्ने गरेको अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...