काङ्ग्रेसलाई ८५ सिट भए पुग्ने, बाँकी ८० गठबन्धनलाई छोडन तयार



हाम्रो इकोनोमि

 

 

काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डका हरेक माग पूरा गर्न तयार भएपछि निर्वाचन क्षेत्र भागबण्डामा खासै समस्या नआउने स्थिति बनेको छ । काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको संयुक्त समितिमा माओवादीले आफ्ना लागि कुल साठी निर्वाचन क्षेत्र मागेको र काङ्ग्रेसलाई पचहत्तर स्थान दिने प्रस्ताव राखेको थियो । काङ्ग्रेसले आफूलाई एक सय नर्वाचन क्षेत्र छोडिदिएर बाँकी ६५ स्थानमा माओवादी, समाजवादी र जसपालगायतका दलहरूले उम्मेदवारी दिन प्रस्ताव गरेको थियो । तर माओवादी पक्ष त्यस कुरामा सहमत हुन सकेन ।

माओवादी एक्लैले साठी, समाजवादी एक्लैले पच्चीस, जसपाले बीस गरी कुल १०५ भन्दा बढी निर्वाचन क्षेत्रमा दाबी गरेपछि काङ्ग्रेस निकै अप्ठ्यारोमा परेको थियो । शेरबहादुर देउवा आफूले ८५ निर्वाचन क्षेत्र लिएर ८० क्षेत्र गठबन्धनका सहयात्रीहरूलाई दिन तयार हुने स्थिति देखापरेपछि प्रचण्डहरू उत्साही भएका छन् । सकेसम्म काङ्ग्रेसलाई असी निर्वाचन क्षेत्र छोडेर सहमति बनाउने प्रयास प्रचण्डबाट भइरहेको छ ।

आफू र आफ्नी पत्नीको विजय सुनिश्चित गराउने कुरालाई प्राथमिकतामा राखेका देउवाले असी निर्वाचन क्षेत्रमै चित्त बुझाउनुहुने सम्भावना छ । त्यस्तो अवस्थामा काङ्ग्रेस इतिहासमै पहिलो पटक देशको आधा मात्र निर्वाचन क्षेत्रमा उम्मेद्वार उठाउन बाध्य हुनेछ । जहाँ काङ्ग्रेसको उम्मेदवार हुनेछैन, त्यहाँ विद्रोह हुने प्रबल सम्भावना छ । काङ्ग्रेसको असन्तुष्ट पक्ष र एमालेबीच समझदारी बनेको अवस्थामा चुनावी परिणाम नै अनपेक्षित हुनसक्ने पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...